गर्भवती महिलाले कसरी गर्ने आफ्नो स्याहार ?



Download our app to get more features

काठमाडौं, १८ जेठ । गर्भवती महिलाले गर्भावस्थामा पोषिलो खाना खाने, आवश्यक आराम गर्ने, गर्भवती भएपछि स्वास्थ्य संस्थामा ४ पटक जाँच गराउनुपर्छ । साथै गर्भवती महिलाले आफ्नो स्याहार गर्न अन्यन्त जरुरी छ ।

यस बेला आफूले सरसफाइमा ध्यान दिने, पोषणयुक्त खाना खाने र सरसफाईसम्बन्धी ज्ञान लिने र उपयोग पनि गर्ने, कम्तीमा चारपटक गर्भवती जाँच गराउने तथा महिलाको सामान्य जाँच पनि गराउनु पर्छ । त्यस्तैगरी, टी.टी. खोप लिने, आइरन चक्किी खाने, जुकाको उपचार गर्ने र डाक्टर स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्दछ । त्यस्तै, गर्भको विकास सन्तोषजनक भएको छ छैन भन्ने जाँच पनि गराउनुपर्छ । 


गर्भवती महिलाले गर्भवती अवस्थामा हुनसक्ने खतराका लक्षणहरुमा निकै धयन दिनुपर्छ ।

जस्तैः टाउको निकै दुख्ने, आँखा धमिलो देख्ने भएमा, हात÷खुट्टा÷मुख सुन्निएमा, तल्लो पेट निकै दुखेमा, हात खुटको कम्पन हुने वा मुर्छा परेमा वा यदि अलिकति पनि रगत बगेमा अत्यन्तै ध्यान दिनु जरुरी हुन्छ र तुरुन्तै अस्पताल जानुपर्दछ ।

महिलाले गर्भवती जाँच किन गराउनुपर्छ ?
महिलाले आफू गर्भवती अवस्थामा स्वस्थ रहन, सुरक्षित रुपमा प्रसूति हुन, सुत्केरी अवस्थामा स्वस्थ रहन साथै स्वस्थ शिशु जन्माउनको लागि गर्भवती जाँच गराउनुपर्छ ।

गर्भवती जाँच गराउनाले समयमा नै जटिल अवस्थाको पहिचान भई उचित व्यवस्थापन हुनसक्छ । जस्तै, उच्च रक्तचाप भई शरीर सुनिने, कम्पन हुने, रक्तअल्पता हुने, बच्चा उल्टो वा छड्के भएर बस्ने आदि ।

साथै, गर्भवती भएको बेला संक्रमण हुने तथा रोगहरु लाग्ने बढी खतरा भएकोले महिलाले कम्तिमा ४ पटक गर्भवती जाँच गराउनु अति आवश्यक छ । 


 

Last modified on 2019-06-02 15:55:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts