यसरी बस्छ लागूपदार्थको लत



Download our app to get more features

काठमाडौं, १८ जेठ । लागूपदार्थको लतमा फसेका व्यक्तिहरुमध्ये धेरैजसो व्यक्तिहरु किशोर–किशोरी अवस्थामा लागूपदार्थको लतमा फसेको पाइएको छ । यसरी लतमा फस्नुनको सबैभन्दा महत्वपूर्ण कारण साथीसंगीहरुको संगत हुने गरेको छ ।

किशोरावस्थामा साथीहरुको संगतको धेरै महत्वपूर्ण भूमिका हुन्छ । किशोर–किशोरीहरु आफ्नो समूहको साथीले गर्ने धेरै व्यवहारबाट प्रेरित हुन्छन्  र आफूले पनि त्यस्तै व्यवहार गर्न रुचाउने हुन्छन् ।

यसमाथि पनि कतिपय अवस्थामा साथीहरुले एकपटक चाख्नुपर्छ भनेर करकापमा पार्ने गर्दछन् र विस्तारै यसको प्रयोग बढ्दै गएमा यो लत हुन जान्छ । त्यस्तैगरी, पारिवारिक कलहको कारणले गर्दा पनि धेरै किशोर–किशोरीहरु यसको लतमा फस्ने गर्दछन् ।

सुरुमा उनीहरु निराश भई  आफ्नो निराशाबाट बाहिर निस्कन आफ्नो होश गुम्ने साधनका रुपमा लागूपदार्थ सेवन गर्न सूरु गर्दछन् र यसको प्रयोग बढ्दै जाँदा पछि लत बस्न जान्छ ।

विशेषगरी सौतेनी सम्बन्ध भएको घर, आमा–बाबुको अभाव वा कलह भइरहने घर र पुस्तैनी भिन्नतामा अभिभावकको भावना र सोच आफूसँग मिलाउन नसक्ने किशोर–किशोरी यस्तो संगतमा पर्ने गरेको पाइएको छ । 

पारिवारिक परिवेशमा भएका नराम्रा अवस्थाहरुबाट कुनै पनि लागू पदार्थले छुट्कारा दिलाउँदैन बरु झन् थप पारिवारिक समस्याहरु निम्ताउँछ । 

तसर्थ किशोरकिशोरीहरुले लागूपदार्थबाट आफूलाई सदैव टाढा राख्नुपर्दछ ।

 

किशोर–किशोरीहरुका प्रजनन स्वास्थ्यसम्बन्धी जिज्ञासा पुस्तिकाबाट

Last modified on 2019-06-02 15:55:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts