कपिलवस्तुको वाणगंगामा पञ्चकर्म औषधालय सञ्चालनमा



Download our app to get more features

कपिलवस्तु, १९ जेठ । कपिलवस्तुको वाणगंगा नगरपालीका वडा नं ८ वोडगाँउमा रहेको मोतीपुर औषधालयको पुर्वकर्म, पञ्चकर्म र औषधि निमार्णशाला सञ्चालनमा आएको छ । 

औषधालयको प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्दै समृद्ध नेपाल सुखि नेपालीको नारा अनुसार अब मुलुकले दुर्त गतिमा विकासको फड्को मार्नेमा जोड दिए ।

कार्यक्रममा नेकपाकी केन्द्रिय सदस्य विमला घिमिरेले औधालयको निर्माणले यस क्षेत्रका नागरिकलाई सहज हुने वताउदै जडिबुटिको संरक्षण र सम्वर्धनमा स्थानीय सरकारले काम गर्नु पर्नेमा जोड दिइन् । 

कार्यक्रममा नेकपा प्रदेश सभा कमिटि सदस्य कृष्ण पोडेल, जिल्ला कमिटि सचिव राम चन्द्र शाहा विष्णु, सामाजिक विकास मन्त्रालय डा.कलावति विश्वकर्मा लगाएतले विदेशी आयुर्वेद औषधि भन्दा स्वेदशकै जडिवुटिवाट निर्माण गरिएका औषधि प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts