प्रदेश ५ ले थाल्यो आयुर्वेदलाई बलियो बनाउने अभियान



Download our app to get more features

रुपन्देह, १९ जेठ । प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले आयुर्वेद सम्बन्धी अभिमुखिकरण सुरु गरेको छ ।

हरेक स्थानिय तहमा आयुर्वेद पु¥याएर सेवा प्रदान गर्न, आयुर्वेद भनेको जडिबुटी मात्रै हो भन्ने मान्यता हटाउन, गाउँ–गाउँमा यस सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने, गाउँघर क्लिनिक संचालन गर्न लगायतका विषयलाई समेटेर कार्यक्रम सुरु गरिएको छ ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र तम्घासको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा आयुर्वेद चिकित्सा डाक्टर कलावती विश्वकर्माले जिल्लाका प्राय स्थानीय आयुर्वेद सम्बन्धमा अनभिज्ञ रहेको र हरेक गाउँ–गाउँमा आयुर्वेद सेवा पुराउने भन्दै यो अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताइन् ।

‘प्रदेशले एक घर पाँच आयुर्वेद, जडिबुटी पहिचान’ जस्ता थुप्रै कार्यक्रम सामाजिक विकास मन्त्रालय मार्फत गर्न थालेको पनि अभिमुखिकरणमा जानकारी गराइएको छ । अभिमुखिकरणमा स्थानिय तहका प्रमुखहरु र आयुर्वेद विज्ञहरु बिच छलफल भएको हो । छलफलले आयुर्वेद सेवाका कार्यालय नभएको ठाउँमा कार्यालय स्थापना गर्ने, भएका स्थानिय तहमा अझ बढी सुविधा सम्पन्न बनाई सेवा प्रदान गर्ने निष्कर्ष निकालिएको थियो ।

अभिमुखिकरण विशेषतः ५ नं प्रदेशका आयुर्वेद डाक्टर कलादेवि विश्वकर्मा र बुद्धिप्रसाद पौडेलले प्रशिक्षण दिएका थिए । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यता रहेको अभिमुखिकरण कार्यक्रममा जिल्लाका स्थानिय तहहरुका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनितिक दलका प्रमुख ताथा प्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको समेत उल्लेखनीय सहभागिता रहेको डा कलाबती विश्वकर्माले बताइन् ।

Last modified on 2019-06-03 06:12:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts