के हो डिस्लिपिडेमिया ? जसले गराउँछ हृदयघात !
आइसियुमा रहेका बिरामीको चाँडो सुधारका लागि सही पोषण आवश्यक
काठमाडौं, १९ जेठ । आइसियूमा रहेका जुनसुकै बिरामीलाई सही पोषणको आवश्यक रहने चिकित्सक बताउँछन् ।
आइसियुमा भर्ना भएका बिरामीहरुको स्वास्थ्य सुधार चाँडो हुनुमा सही पोषणको सबैभन्दा महत्वपूर्ण भूमिका रहने क्रिटिकल केयर विषेशज्ञ डा.दिप्तेश अर्यालले बताए ।
गत शनिबार बालुवाटारस्थित नेपाल हाउस क्याफेमा भएको डिस्लिपिडेमिया तथा आइसियु न्यूट्रिसनसम्बन्धी कार्यशालामा आइसियु इन्टेनसिभ केयरका सह–निर्देशक समेत रहेका डा. अर्यालले यस्तो भनाइ राखेका हुन् ।
उनले नेपालका आइसियुहरुमा पोषणका विषयलाई कमै महत्व दिने गरेको बताए ।
कार्यशालाका सहभागीहरुले आफूले सिकेका विषयवस्तुले अस्पताल तथा आइसियु भर्ना भएका बिरामीहरुको पोषणसम्बन्धी सही व्यवस्थापन गर्न सहयोग पुर्याउने डा. अर्यालको भनाइ छ ।
डिग्निटी इन्टरनेशनल क्लिनक तथा एरिट हेल्थ साइन्सद्वारा संयुक्त रुपमा आयोजना गरिएको यस कार्यक्रममा उपत्यका भित्र तथा बाहिरका ३० जना किल्निकल न्यूट्रिसनिष्ट र डाइटिसियन, चार जना डाक्टरसहित ४० भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यशालामा डिग्निटी क्लिनिक तथा एरिट हेल्थ साइन्सका विशेषज्ञहरुले आइसियुमा भर्ना भएका बिरामीहरुको पोषणमा व्यवस्थापन गर्ने नविनतामा विधि तथा विज्ञानका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा डा. प्रभात अधिकारी, डा. अशिम भट्टराई , डा किरणराज पाण्डे, डा. दिप्तेस अर्याल, मेडिफूड्स नेपालका फर्मासिस्ट कविन मलेकु, डाइटिसियन सुनिता ढुंगेल, डाइटिसियन सविता सत्याल, फिटनेस ट्रेनर दिपेश श्रेष्ठ, योगा ट्रेनर प्रमोद ग्यावालीले आ–आफ्नो महत्वपूर्ण भनाई राखेका थिए ।
डिग्निटि इन्टरनेशनल क्लिनिक ‘न्यट्रिसन तथा वेटलस’ सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दछ । साथै एरिटे हेल्थसाइन्सले स्वास्थ्य सेवा डिजाइन गर्ने काम गर्दछ ।
डिस्लिपिडेमिया भन्नाले के हो ?
डिस्लिपिडेमिया भएका मानिसलाई हृदयघात हुने सम्भावना बढी हुन्छ ।
रगतमा लिपिडको लेभल सही नहुनु नै डिस्लिपिडेमिया हो, जसले गर्दा धेरै रगतमा लिपिडको मात्रा बढेर विभिन्न रोग सृजना गर्छ ।
नसर्ने रोगको कारक तत्व भनेको धेरै मध्ये लिपिड लेभल पनि एक हो । लिपिडमा कोरेस्ट्रोल, ट्रिग्लिसेरिड्स, फ्याटी एसिड हुन्छ ।
सामान्यता जनमानसमा चिल्लो बढी खाएर डिस्लिपिडेमिया हुन्छ भनिन्छ । त्यो भन्दा पनि धेरै गुलियो चिजको सेवनले रगतको चिल्लो पदार्थ बढाउन झन् ठूलो योगदान हुन्छ ।
शरीरको नियमित प्रक्रियामा सन्तुलित भोजन र स्वस्थ खानपानमा बेवास्ता, अत्याधिक अल्छिपना, गुलियो खानाले लिपिडको मात्रा बढाएर डिस्लिपिडेमिया हुन्छ ।
विशेषगरी, धेरै मात्रामा कार्वोहाइड्रेड हुने खानाले लिपिडको मात्रा धेरै गरेर डिस्लिपिडेमियाको सम्भावना धेरै हुन्छ । जसले रगत बग्ने नशा साघुँरो बनाउँछ (अथेरोस्क्लोरोसिस) र हृदयघात (हर्टअट्याक) हुन्छ ।