शरीरबाट पसिना किन आउँछ ?



Download our app to get more features

रेक मानिसको शरीरबाट पसिना निस्कन्छ । पसिना निस्कनु समान्य कुरा हो । जति धेरै पसिना निस्कन्छ शरीर उति नै ओसिलो र फुर्तिलो हुन्छ । तर हाम्रो शरीरबाट निस्कने पसिना के हो र यो किन निस्कन्छ भन्नेबारे भने अधिकांसलाई जानकारी नहुन सक्छ ।

शरीरलाई पानी आवश्यक परे जस्तै शरीरबाट पसिना निस्कनु पनि त्यत्तिकै आवाश्यक कुरा हो । पसिनाले बिकार वस्तुहरु बाहिर निष्कासन गरी शरीरलाई चिसो बनाउने काम गर्छ । शरीरमा रहेको इस्राइन ग्रन्थीबाट पसिना निस्कन्छ । यो ग्रन्थी पानी र नुनबाट बनेको हुन्छ । तसर्थ शरीरबाट निस्केको पसिनाको स्वाद पनि नुनिलो हुन्छ । 

बिशेष गरी शरीरबाट पसिना आउनु भनेको हाइपरहिड्रोसिस ग्रन्थी अत्याधिक मात्रामा सक्रिय हुँदा पसिना निस्कन्छ । यो ग्रन्थी अधिक मात्रामा सक्रिय हुँदा श्रम नगरे पनि पसिना आउँछ । 

शरीरका अत्याधिक पसिना आउने अगंहरु हत्केला, पैताला, काखी तथा अनुहार हुन् । यी अंगहरुमा पसिना आउनुमा हाईपरहिड्रोसिस नामक ग्रन्थीले अत्याधिक सक्रियता प्रदान गर्नु हो । पसिना सबैको एकनास आउँछ भन्ने हुँदैन । 

कसैलाई कम आउँछ भने कसैलाई अत्याधिक आउने समस्या हुन्छ । तर पसिना महिलाहरुको तुलनामा पुरुषको शरीबाट बढी मात्रामा निस्कन्छ । पसिना आउनुमा शारिरीक तापक्रमले निर्भर गर्छ । 

यसकारण जाडोमा भन्दा गर्मीमा बढी पसिना निस्कन्छ । मानिसको शरीरमा २० देखि ४० लाखसम्म पसिनाका ग्रन्थीहरु हुन्छन् । शरीरबाट अत्याधिक पसिना आउनुलाई हाइपरथाइरोसिस भनिन्छ ।

किन गनाउँछ पसिना ?

शरीरको बाहिरी भागमा मृत छालाको पत्र हुन्छ । धेरै पसिनाले छालाको यो पत्रलाई ओसिलो बनाउँछ । ओसिलो ठाउँमा ब्याक्टेरियाले हुर्कने अनुकुल वातावरण पाउने हुनाले त्यस ठाउँमा दुर्गन्ध बढी हुन्छ । यसकारण पनि यस्ता अंगहरुमा बढी सरसफाईमा ध्यान दिनुपर्छ ।

बढी पसिना ननिस्किन के गर्ने ?

बढी पसिना आउन नदिन शरीरलाई शितल राख्नुपर्छ । चर्को घाममा नहिड्ने, दौडधुप र व्यायाम कम गर्ने, शितलमा बस्ने, नियमित नुहाउने, पानीयुक्त फलफूल बढी खाने, भोकै नबस्ने, मसलादार र चिल्लो खाना कम खाने, खानामा लसुन, प्याजको मात्रा सकेसम्म कम गर्ने । 

यस्तै गर्मी याममा शरीरबाट नुन र पानीको मात्रा कम हुने भएकाले प्रशस्त पानी पिउनु पर्छ ।  यस्ता उपाय अपनाउँदा पनि पसिना कम नभएमा विभिन्न समस्या देखिन सक्छ । यस्तो अवस्थामा चिकित्ससँग परामर्श लिनु पर्छ । 

 

डा. पौडेलसँग नबिना कार्कीले गरेको कुरामानीमा आधारित 

Last modified on 2016-06-11 17:49:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts