नेपालमा पहिलो पटक क्षयरोगीको खकार संकलन ड्रोनमार्फत



Download our app to get more features

प्यूठान, जेठ २० । प्यूठानका दुई स्थानीय तह  प्यूठान नगरपालीका र स्वर्गद्वारी नगरपालीकामा नयाँ प्रविधिबाट क्षयरोगीको स्वास्थ्य परीक्षणका लागि ड्रोट्स नेपाल परियोजना सञ्चालन आएको छ ।

नयाँ प्रविधिको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका हुन । स्वास्थ्य  कार्यालय प्युठानको आयोजना तथा बि. एन. एम. टि. नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा रास्ट्रिय क्षयरोग कार्यक्रमलाई थप सशक्त बनाउन र गाँउ गाँउमा लुकेर बसेका सङ्कास्पद क्षयरोगीहरुको खकार नमुना प्रयोगशाला सम्म पुर्याउनको लागी नया प्रविधी ड्रोनको माध्यमबाट खकार नमुना ढुवानी गर्ने मुख्य उदेश्यका साथ सन्चालनमा ल्याउन लागेको ड्रोट्स परियोजना आइतवार बिधीबत रुपमा आइतवार प्यूठानमा सुरुवात गरिएको हो । 

नेपालमा पहिलो पटक प्यूठानका दुई स्थानीय तहमा पाइलट परियोजनाको रुपमा मानव रहित  ड्रोनको सहयोगमा यो परियोजना सञ्चालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले बताए ।  ‘नयाँ प्रविधिबाट जहाँ प्रयोगशाला छैन, समाजमा लुकेर बसेका क्षयरोगबाट संक्रमित विरामी पत्ता लगाउन सहयोग पूर्याउने छ’ सुवेदीले भने ‘यस प्रविधिबाट हामी धेरै उत्साहीत रहेनुको साथै सम्पूर्ण सरोकारवालाबाट सहयोगको  उपेक्षा गरेका छौ ।’ 

हाल प्राथकिम स्वास्थ्य चौकी भिग्री र स्वास्थ्य कार्यालय प्यूठानमा एक एक थान गरी दुईबटा ड्रोन सञ्चालमा ल्याईएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । पहिलो चरणमा सुरुवात गरेको कार्य सफल भएमा बाकी रहेको सात बटै स्थानियमा तहमा यो परियोजना लागु सकिने सुवेदीले बताए ।

हरेका वर्ष प्यूठानमा क्षयरोगीका विरामीको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कार्यालयको तथ्याकं अनुसार आर्थिक वर्ष २०७४ ०७५ मा ३८९ जना नयाँ क्षयरोगीका विरामी पत्ता लागेको थिए । सुवेदीले भने नयाँ प्रविधिबाट यसरी दुर दराजमा लुकेर बसेमा नयाँ क्षयरोगी  पत्ता लागउनुको साथै अन्य व्यक्तीमा संक्रमणदर घटाउन सफल हुने छौ । 

ड्रोनले एक पटक व्याट्रि चार्ज गरेपछि १५ किलोमिटरसम्मको यात्रा तय गर्न सक्ने छ । सुवेदीले भने गाउँ गाउँमा स्वास्थ्य स्वयंसेवीकाको माध्यमबाट संकलित ३० जनासम्मको नमुना एक पटकमा ड्रोनमार्फत ढुवानी गरिने छ ।
 
 

Last modified on 2019-06-04 14:37:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts