ख वनगाईमा ल्याब संञ्चालन र महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सुरु 



Download our app to get more features

रुपन्देही  २० । लुम्बिनी ग्रामिण बिकास परिषदको आयोजना तथा  शुद्धोधन गाउँपालिका वडा नं २ को  सहयोगमा ख बनगाई हेल्थपोष्टमा ल्याबसंञ्चालन तथा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सुरु भएको छ । 

कार्यक्रमको  शुद्धोधन गाउँपालिका वडा नं २ का अध्यक्ष बिष्णु प्रसाद बस्यालले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले स्वास्थ्य सबैभन्दा महत्वपुर्ण क्षेत्र भएकोले  समाज परिर्बतनका लागी  आफु स्वच्छ परिवार स्वच्छ र समाज स्वच्छ बनाउन महिलाहरुको भुमिका महत्वपुर्ण हुने बताए ।

महिलास्वास्थ्य स्वयससेबिका टोलसंस्था युवाकल्वका प्रतिनिधिहरु गाउँमा बिरामीहुँदा सुरुमा नै पुग्ने भएकोले स्वास्थ्यमा परिर्वतनको लागी वडा कार्यलयले त्यसक्षेत्रमा  लगानी गरेको बताए । कार्यक्रममा बोल्दै बस्यालले  सुद्धोधन गाउपालिका वडा नं २ लाई  स्वास्थ्य शिक्षा  लगायतका  क्षेत्रमा नमुना बनाउने बताए । बस्यालले कार्यक्रमबाट सिकेका कुरालाई  समाज परिर्बतनको लागी ब्यबहरमा लागु  गर्ने आग्रह गरे । 

उद्घाटन कार्यक्रममा बोल्दै सुद्धोधन गाउँपालिका वडा नं २का वडा सचिब  लक्ष्मण ज्ञाबलीले महिलाका समस्या पुरुषहरुलाई बताउन  ग्राहो हुने भएकोले सबै क्षेत्रका महिलाहरुलाई नै छनोट गरिएको बताए । ज्ञाबलीले प्रजनन स्वास्थ्य देख्दा समान्य भएपनि  यसमा धेरै महिलाहरुको समस्या देखिएकोले यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा ख बनगाई हेल्थपोष्ट ईन्र्चाज  कबिराज गौतम  लगायतले ल्याब संञ्चालन तथा  महिलाहरुको प्रजन्न स्वास्थ्यको अबस्था बारे ज्ञाबलीले जानकारी गराएका थिए ।  लुम्बिनी ग्रामिण बिकास परिषद्का अध्यक्ष चन्द्रकान्त खनालको अध्यक्षता  सम्पन्न भएको थियो ।

Last modified on 2019-06-03 13:00:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts