प्रदेश २ का प्रत्येक वडामा “शिशु सदन” स्थापना गरिने 



Download our app to get more features

काठमाडौं, २० जेठ । प्रदेश २ सरकारले प्रत्येक वडा/टोलमा शिशु स्याहार, पोषण एवं सन्तुलित विकासको लागि “शिशु सदन” को स्थापना गर्ने भएको छ । प्रदेश २ ले आइतवार आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार संसद बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्  । 

निति तथा कार्यक्रममा शिशु सदनमा शिशु राख्ने आमाले हप्ताको एक दिनको समय उपलब्ध गराउनु पर्नेछ भनी तोकिएको छ । शिशु सदनमा २ वर्षदेखि ५ वर्षसम्मको शिशुलाई राखी स्वस्थ शिशु बनाई प्राथमिक शिक्षाको लागि तयार गरिनेछ र  शिशु सदनमा पोषणयुक्त आहारको व्यवस्था पनि गरिनेछ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts