प्रदेश २ को नीति तथा कार्यक्रम

यी छ वटा अस्पतालको स्तरोन्नती गर्दै प्रदेश २, स्वास्थ्यका क्षेत्रमा यस्तो छ योजना 



Download our app to get more features

काठमाडौं, २० जेठ । प्रदेश २ सरकारले देशको नमूना अस्पतालको रुपमा जनकपुर अंचल अस्पताललाई विकास गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । सोही अनुरुप जनकपुर अंचल अस्पताललाई आगामी आर्थिक बर्षमा न्युनतम पाँच सय शैया भएको प्रदेश विशिष्ट सेवायुक्त अस्पतालको रुपमा स्तरोन्नती गरी आधुनिक उपकरणहरुका माध्यमबाट सबै सेवा सुविधाहरु उपलब्ध गराइने प्रदेशको नीति तथा कार्यक्रममा जनाइएको छ  । 

त्यसैगरी सिरहाको सिराहा जिल्ला अस्पताल र लाहान अस्पताल, महोत्तरीको जलेश्वर अस्पताल, रौतहटको गौर अस्पताल, सर्लाहीको मलंगवा अस्पताल र बाराको कलैया अस्पताललाई आगामी आर्थिक वर्षमा सेवाको स्तरोन्नती गरिनेछ । यसका लागि आवश्यक पूर्वाधार निर्माण, सरसफाईकोकार्य तथा आधुनिक मेडिकल इक्युपमेन्ट खरीद, आवश्यकता अनुसार चिकित्सकको दरबन्दी लगायत व्यवस्थापन सुधार समेत गर्ने नीति सरकारले लिएको छ । यसमा नीजि क्षेत्रसंग समेत सहकार्य गरिने छ । 

प्रदेश २ ले आइतवार आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार संसद बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्  । सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यका विषयहरु पनि समेटिएका छन् ।

जुन यस्ता छन् 

स्वास्थ्य क्षेत्रमा रहेका नीजि सेवा प्रदायक संस्थाहरुको न्यूनतम मापदण्ड निर्धारण गरी नियमित गुणस्तरीय सेवा तथा अन्य कार्यहरु सम्पादन गर्नका लागि प्रभावकारी अनुगमन नीति अवलम्बन गरिनेछ । 

विभिन्न प्रकारको कुपोषणबाट  ग्रसित कुपोषित महिला तथा वालवालिकाहरुको उथानको लागी बहुक्षेत्रीय पोषणको कार्यक्रमलाई निरन्तरता दिइनेछ । 

प्रदेशभित्र आवश्यक क्षेत्रहरुको पहिचान गरी आगामी आर्थिक बषर्मा  कम्तिमा एकवटा ट्रमा सेन्टर स्थापना गरिनेछ । सार्वजनिक अस्पतालहरुमा औषधिको अभाव हुन नदिन केही औषधिहरु प्रदेश सरकारबाट थप गरिनेछ तथा प्रत्येक जिल्ला अस्पतालहरुमा शवबाहन सेवा उपलब्ध गराइनेछ ।

सप्तरीमा स्थापना हुन लागेको रामराजा प्रसाद सिंह चिकित्सा शिक्षा प्रतिष्ठानको स्थापना तथा निर्माणमा संघीय सरकारसंग सहकार्य गर्ने नीति लिइएको छ । 

सुविधा सम्पन्न घुम्ति स्वास्थ्य सेवा प्रदान गर्ने विशेषज्ञहरुको टोली सम्पूर्ण पालिकामा परिचालन गरी टोलटोलमा स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरिनेछ । खटिएका टोलीले आधुनीक मेसिनवाट गाँउ टोलमै निशुल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्थन मिलाइने छ । 

आगामी वर्ष विरगंजमा प्रादेशिक शिक्षण अस्पतालको स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने छ । आयुर्वेद, होमयोपेथी, प्राकृतिक चिकित्सा तथा अन्य परम्परागत उपचार पद्धतिको विकासकोअध्ययन तथा अनुसन्धान गरिने छ । यस बर्ष प्रदेश स्तरीय आयुर्वेदिक अस्पताल एवम् अध्ययन प्रतिष्ठानको स्थापना गरिनेछ । प्रत्येक स्वास्थ्य केन्द्रमा आयुर्वेद होमयोपेथी, प्राकृतिक चिकित्सा प्रदान गर्ने जनशक्ति एवं आवश्यक सुविधा उपलब्ध गराउन संघीय सरकारसँग समन्वय गरनेछ ।

योग पद्धतिलाई सम्बद्र्घन गर्ने गरी विद्यालय स्तरीय शिक्षामा अनिवार्य रुपमा योग अध्ययनलाई समाविष्ट गरिनेछ तथा विद्यार्थीहरुको शारीरिक एवम्मानसिक स्वास्थ्यलाई प्रवद्र्घन गर्ने गरी योगाभ्यास गराइनेछ । योग एवम् प्राकृतिक चिकित्सा पद्धतिलाई जीवनशैलीको एउटा अभिन्न अंगको रुपमा विकसित गरी “आफ्नो स्वास्थ्य आफ्नै हातमा, प्रदेश सरकार सवैको साथमा” भन्ने अभियानलाई हृदयंगम गरिनेछ ।

स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण गरिनुका साथैप्रदेशमा स्वास्थ्य बीमा लागु गरिनेछ । यस प्रदेशमा जनसंख्या बृदिदर मुलुककै तुलनामा झण्डै दोब्बर रहेकोले जनसंख्या वृद्धिदर घटाउन जनचेतना लगायत परिवार नियोजनको साधनको प्रयोगमा विशेष जोड दिइनेछ । साथै “हामी दुई, हाम्रा दुई” भन्ने नाराका साथ जनसंख्या नियन्त्रण अभियान संचालन गरिनेछ । 

प्रदेश भित्र नीजि तथा सहकारी क्षेत्रको सहकार्यमा आँखा बैंक स्थापना गर्ने लक्ष्य लिएको छ । 

“स्वास्थ्यको लागि वातावरण निर्माण” अन्तर्गत स्वच्छता अभियान -व्यक्तिगत तथा वातावरणीय सरसफाई, फोहोरमैला व्यवस्थापन, मानव मलमूत्रको व्यवस्थापन), सन्तुलित तथा स्वस्थ भोजन, नियमित व्यायाम, योगा लगायतको कार्यलाई प्रोत्साहन गरिने तथा धुम्रपान, मदिरा तथा लागु औषध सेवनलाई क्रमश निरुत्साहित गर्दे लाने नीति लिइएको छ ।

मुटु रोग, क्यान्सर, किडनी रोगी तथा अन्य सघन उपचार चाहिनेविरामीहरुलाई सहयोग गर्ने नीति प्रदेश सरकारलेलिएको छ । साथै प्रदेशभित्र अन्तराष्टियस्तरको क्यान्सर अस्पताल निमार्णगरी संञ्चालन गर्ने नीति लिएको छ । 
 

Last modified on 2019-06-04 14:36:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts