सुरक्षित गर्भपतन गराउने भन्दा असुरक्षित गर्भपतन गराउनेकोे संख्या बढी

मुलुकले थेग्न सक्ने जनसंख्याका आधारमा फेमिली प्लानिङबारे बहस हुन आवश्यक 



Download our app to get more features

रुपन्देही २१ जेठ । सुरक्षित गर्भपतन र परिवार नियोजनको विषयमा बुटवलमा आयोजित कार्यक्रममा गर्भपतन र परिवार नियोजन जस्ता जटिल विषयलाई स्थानीय तहबाटै सही व्यवस्थापन  गर्नुपर्ने बताइएको छ ।

सर्वसाधारणले सहज र सुलभ रुपमा त्यसबाट लाभ उठाउन पाउने गरी काम हुनुपर्ने कार्यक्रममा उल्लेख गरिएको छ । 

कपिलवस्तु इन्टिग्रेड डेभलपमेन्ट सर्भिसेज (किड्स)ले आयोजना गरेकोे सो कार्यक्रममा स्वास्थ्यको पहुँच जनतामाझ अझै सरल तरिकाबाट कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा भएको छलफलमा वक्तहरुले यस्तो बताएका हुन् । 

निजी स्वास्थ्य संघसंस्थासँग मिलेर सुरक्षित गर्भपतन र परिवार नियोजनका साधनको प्रयोग कानुनी प्रक्रियाबाट सरल रुपमा कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको छ । 

फेमिली प्लानिङ जनसंख्याका आधारामा गर्न आवश्यक
 

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले स्वास्थ्यलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरामा स्वास्थ्य क्षेत्रमै रहेका व्यक्तिहरुले बढी चासो र चिन्ता लिनुपर्ने दाबी गरे ।

उनले  भने ‘स्वास्थ्य तथा शिक्षा सुधारका काममा स्थानीय तहमा प्रमुख र उपप्रमुखको मात्रै बाटो हेर्ने होइन, सम्बन्धित क्षेत्रका व्यक्तिहरुले सुझाव सल्लाह दिने र जनप्रतिनीधिले सोही अनुसारका ऐन कानुन तथा योजना तर्जुमा गर्नुपर्छ ।’
‘अब मुलुकले कति जनसंख्या थेग्न सक्छ ? सोही अनुसारको फेमिली प्लानिङको विषयमा बहस हुन आवश्यक रहेको छ’, उनले थपे । 

अशुरक्षित गर्भपतन बढ्दो 

असुरक्षित गर्भपतन बढ्दो क्रममा रहेकाले सुरक्षित गर्भपतन र परिवार नियोजनका साधनको प्रयोगलाई सुपर्भिजन र मोनीटरिङको आवश्यकता रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमख केशरसिंह गोदारले बताए ।

किड्स आफ्नो कार्यक्षेत्रमा रहेका नीजि स्वास्थ्य संस्थाले उपलब्ध गराएका सेवाको तथ्यांक लिन खोजिएता पनि ती संस्थाले नै तथ्यांक नराख्ने समस्या रहेको महिला स्वास्थ्य परियोजना चौंथो चरणकी कार्यक्रम संयोजक कमला शुक्लाले बताइन् ।

उनले सुरक्षित गर्भपतनको प्रावधान भएपनि त्यसको चरम दुरुपयोग भइरहेको दाबी गरिन् ।

यसले कानूनी लिगल रुपमा गर्भपतन गराउने संख्या ज्यादै न्यून र कानूनी गर्भपतन गराउनेको संख्या ठूलो देखिएको उनको भनाई छ ।  

किड्सले यो कार्यक्रम हाल रुपन्देही सहित नेपालका ११ जिल्लामा सञ्चालन गरेको छ ।

त्यस्तै, रुपन्देही जिल्लामा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सुद्धोधन गाउँपालिका र कञ्चन गाउँपालिकामा कार्यक्रम सञ्चान भईरहेको शुक्लाले बताइन् ।

उनकाअनुसार चालु आर्थिक वर्षदेखि ओके नेटवर्क र ओके प्लस नेटर्वक मार्फत सुरक्षित गर्भपतनको क्षेत्रमा समेत काम सुरु गरेको छ ।

कार्यक्रममा संस्थाको कार्यक्रम सञ्चालित स्थानीय तहका स्वास्थ्य संयोजकको समेत सहभागिता रहेको थियो । 
 

Last modified on 2019-06-05 12:01:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts