मेडिकल कलेजले लिने शुल्कमा मनोमानी रोक्न सांसदहरुको जोड



Download our app to get more features

काठमाडौं, २२ जेठ । शिक्षा तथा स्वास्थ्य समितिका सदस्यहरुले मेडिकल कलेजहरुकोे मनोमानी रोक्न जोड दिएका छन् ।

मंगलबार बसेको समितिको बैठकमा बोल्दै समितिका सदस्या खगराज अधिकारीले सरकारले तोकेको भन्दा बढि शुल्क लिने कलेजले मेडिकल शिक्षा दिने नाममा विद्यार्थीलाई आर्थिक र मानसिक पिडा दिएको आरोप लगाए । 

चर्चामा आएको गण्डकी कलेज मात्र नभइ किष्ट मेडिकललगायतले पनि विद्यार्थीमाथि अन्याय गरेको अधिकारीले आरोप लगाए । अधिकारीले मेडिकल कलेजहरुले गरिरहेको मनोमानीको पर्दाफास गर्ने चेतावनी पनि दिए । 

समितिका अन्य सदस्यहरुले पनि मेडिकल कलेजहरुले गरिरहेको मनोमानी रोकिनुपर्नेमा जोड दिएका छन् । समस्याको जड पत्ता लगाएर समाधानका लागि सबै तयार हुनुपर्नेमा सांसदहरुको जोड थियो । स्वास्थ्य सेवा क्षेत्रलाई संवेदनशील क्षेत्रको रुपमा लिन पनि सुझाव दिइएको छ । 

सरकारले काठमाडौं उपत्यका बाहिरका मेडिकल कलेजले एमबिबिएस अध्ययन गराउँदा ४२ लाख ४५ हजार रुपैयाँ लिन पाउने भनेको भएपनि विभिन्न मेडिकल कलेजले मनोमानी ढंगले विद्यार्थीहरुबाट शुल्क लिइ रहेका छन् ।

गण्डकी मेडिकल कलेजले तोकिएको भन्दा १० देखि १५ लाखसम्म बढी शुल्क लिएपछि मेडिकल कलेजले गर्ने मनोमानीलाई रोक्न सबै एक हुनुपर्नेमा सांसहरुले जोड दिएका छन् ।
 

Last modified on 2019-06-06 06:18:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts