स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने भन्दै विद्यालयमा तयारी खाजा निषेध



Download our app to get more features

पर्वत, २३ जेठ । पर्वतको विहादी गाउँपालिकाले सामुदायिक विद्यालयमा जंक फुड (तयारी खाजा) निषेध गरेको छ । 

विद्यालयमा चाउचाउ, कुरकुरे, विस्कुट लगायतका प्लाष्टिकमा प्याकिङ गरिएका खानेकुरा र चटपटे निषेध गरिएको हो । 

विद्यालयमा पढ्ने बालबालिकाले जंक फुड खाने चलन बढ्दै जाँदा यसले विद्यार्थीको स्वास्थ्यमा नकरात्मक असर पर्ने भएकोले निषेध गरेको गाउँपालिकाले जनाएको छ । 

विद्यालयमा जंक फुड निषेध गरेपछि घरबाटै खाजा ल्याउनु पर्ने नियम बनाइएको छ । आगामी वर्ष सबै विद्यालयमा खाजा कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताए ।

गाउँपालिकाले सबै सामूदायिक विद्यालयमा जंक फुड रोकेको छ भने घरमा पनि यस्ता खानेकुरा बालबच्चालाई नदिन सचेतना फैलाइरहेको अध्यक्ष भुसालले बताए । उनले गाउँपालिकाले साना बालबालिकालाई जंक फुड खान नदिन अभिभावकलाई नै सचेत गराउनुपर्ने भएकाले घरमै पुगेर सम्झाउन थालिएको बताए । 

Last modified on 2019-06-07 07:39:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts