ट्रमा सेन्टरको सिटी स्क्यान मेसिन अझै बनेन्, अस्पताल भन्छः सरकारले ध्यान दिएन



Download our app to get more features

काठमाडौं, २३ जेठ । काठमाडौंको ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामीहरु सिटी स्क्यान मेसिन बिग्रिएपछि समस्यामा परेका छन् ।

मुलुकको एकमात्र हाडजोर्नी सम्बन्धी चोटपटक लागेका बिरामीको उपचार गर्ने ट्रमा सेन्टरमा सिटी स्क्यान गर्ने मेसिन बिग्रिदा बिरामीहरु महँगो शुल्कमा बाहिर सिटी स्क्यान गराउन बाध्य बनेका छन् । दुर्घटना वा अन्य कुनै कारण चोट लागेका बिरामीलाई आपत्कालीन उपचार गर्न सहज हुने भन्दै सेन्टरको स्थापना गरिएको हो । तर, मुलुकको एक मात्र ट्रमा सेन्टरमा उपकरण बिग्रिदा कसैले पनि चासो दिन सकेका छैनन् । ट्रमा सेन्टर भने सिटी स्क्यान मर्मतका लागि मन्त्रालयले वेवास्ता गरेको आरोप लगाउँछ ।

सेन्टरका निर्देशक प्रमोदकुमार यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटकपटक समस्या समाधानका लागि आग्रह गर्दा पनि मौन बसेको जिकिर गरे । ट्रमामा पूर्ण विशेषज्ञ सेवा दिइने भएकाले हाडजोर्नी तथा नशा, मुटु शल्यचिकित्सक, प्लास्टिक सर्जन, नाक, कान घाँटी र दन्त शल्य चिकित्सकको समूह आवश्यक हुन्छ ।

२ सय शैयाको सेन्टर रहेको छ । तर नेपालको एक मात्र ट्रमा सेन्टर आफैँ बिरामी अवस्थामा छ । राष्ट्रिय ट्रमा सेन्टरको सीटी स्क्यान गर्ने मेसिन विग्रिएको सात महिना बितिसकेको छ । देशको एक मात्र ट्रमा सेन्टर जहा देशैभरीका घाइतेहरु उपचारका लागि आउँछन् । तर आवश्यक उपकरणको अभावमा उपचार प्रभावकारी बन्न सकेको छैन ।

दक्षिण एसियामै नमुना सेन्टर बनाउने सोचले तत्कालीन भारतीय र नेपालाका प्रधानमन्त्रीले १९९७ जुन ६ मा शिलान्यास गरेका थिए । शिलान्यास भएको करिब छ वर्षपछि सन् २००३ मा दुवै देशबीच ट्रमा सेन्टर निर्माण गर्ने सहमति भएको थियो । निर्माण सम्पन्न भएपछि ४ वर्षअघि भारतले नेपाललाई हस्तान्तरण गरेको थियो । ट्रमा सेन्टरमा मात्र होईन, वीर अस्पतालको समस्या पनि उस्तै छ । केही दिन पहिले वीर अस्पतालमा पनि सिटि स्क्यान पनि बिग्रएको छ ।

Last modified on 2019-06-07 07:38:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts