धरानमा फैलिएको डंगु अझै नियन्त्रण बाहिर, १ सय ७६ जना प्रभावित



Download our app to get more features

धरान, २३ जेठ । धरानमा फैलिएको डेंगु अझै नियन्त्रणमा आउन सकेको छैन । 
धरान उपमहानगरपालिकामा मनसुन सुरु हुनुभन्दा अघि नै डेङ्गु रोगको संक्रमण अस्वभाविक रूपमा देखा परेपछि मानिसमा त्रास फैलिएको छ ।

गएका वर्षहरूमा साधारणतया जुलाई महिनाबाट मात्र देखा पर्ने गरेको रोग यो पटक छिट्टै देखा परेकाले बढी सर्तकता अपनाउनु पर्ने चिकित्सकहरूले बताएका छन् ।

बुधवारसम्म ४ सय ४२ जनाले ज्वरो आएर स्वास्थ्य परीक्षण गर्दा १ सय ७६ जनामा डेंगुको संक्रमण देखिएको बताइएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक निर्देशक डा. विकास शाहका अनुसार वैशाख ३१ गते पहिलो पटक डेंगुको बिरामी फेला परेका थिए । त्यसपछि लगातार बिरामीहरु ज्वरो आएर जचाँउन आउँदा बिरामीको संख्या बढ्दै गएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु परिक्षणका लागि ७ सय किट पठाइएको थियो । तिव्रगतिमा डेंगु फैलिन थालेपछि त्यहाँ लामखुट्टे नस्ट पार्ने काम पनि भइरहेको छ । सबै जनाको स्वास्थ्य परिक्षण हुन नसकेकाले बिरामीको संख्या अझ बढ्न सक्ने सम्भावना रहेको चिकित्सकहरु बताउँछन् । किट पठाइएपनि र नामखुट्टे नस्ट पार्ने काम जारी रहेपनि डेंगु अझै नियन्त्रणमा आउन सकेको छैन ।

डेंगुबाट धरान उपमहानगरपालिकाको वाड १५ र ८ डेंगु रोगबाट बढी प्रभावित भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार वडा ९, ७ र १३ मा समेत यो रोग फैलिएको छ । 

Last modified on 2019-06-07 07:38:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts