सिद्धार्थनगरमा एक सय क्षयरोगका बिरामी फेला



Download our app to get more features

रुपन्देही, २३ जेठ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा बुधबार एक दिने क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

निजी स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी क्षयरोग उपचार व्यवस्थापन मूल प्रवाहीकरणमा ल्याउनका लागि कार्यक्रमको आयोजना गरिएको नगरपालिका स्वास्थ्य संयोजक गीता न्यौपाने पोखरेलले बताइन् । नगरभित्रका नीजी तथा सरकारी स्वास्थ्य संस्थाका प्रतिनिधि सहभागी अभिमुखीकरणमा सहभागीहरुलाई बरिष्ठ जनस्वास्थ्य प्रशासक केयरसिंह गोदार र क्षय–कुष्ठ रोग निरीक्षक टीकाराम अधिकारीले अभिमुखीकरण दिएका थिए ।

 सहभागीलाई राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम र यसका चुनौतीबारे जानकारी गराइएको थियो । यस्तै, क्षयरोगको परिचय, निदान, डट्स प्रबिधिबाट उपचार र बचावटबारे, क्षयरोग नियन्त्रण गतिबिधिमा सहयोग जुटाउने विधिबारे जानकारी गराइएको हो । गोदारका अनुसार सिद्धार्थनगरमा १ सय ४ जना नयाँ पुराना गरी क्षयरोग विरामी भेटिएका छन् ।

सन् २०५० सम्म नयाँ क्षयरोगका बिरामी दर १ जना प्रति १ लाखमा झार्ने सरकारी लक्ष्य छ । यसलाई अभिमुखीकरणले सहयोग पुग्ने नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए । उनले नगरको स्वास्थ्य क्षेत्रको विकास र रोगहरुको निदानका लागि विशेष योजना गराएर अघि बढ्ने बताए । अभिमुखीकरणले क्षयरोगका कारणबाट हुने बिरामी दर कम गर्ने र मृत्यु हुने दर शून्य गर्ने उनले विश्वास व्यक्त गरे ।

उपप्रमुख उमा काफ्लेले खानपिन, औषधि सेवन र निरन्तर उपचार गराएमा रोग निको पार्न समस्या नहुने भएकाले बिरामीहरुले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताइन् । उनले विरामीलाई सबैले सकारात्मक सहयोगको खाँचो समेत औल्याइन् । क्षयरोग निर्मूल पार्ने सरकारी नीतिलाई नगरपालिकाले पूर्ण रुपमा साथ दिने र विरामीको उपचारमा विशेष योजना ल्याई अघि बढ्ने जनाइन् ।

क्षयरोग एक किसिमको किटाणुले लाग्ने गर्छ । यो हावाको माध्यमबाट, श्वासप्रश्वासबाट समेत सर्छ । क्षयरोगीले खोक्दा हाछयूँ गर्दा रोगका किटाणु बाहिर निस्कन्छन् र अर्को निरोगी ब्यक्तिले स्वास लिंदा यी किटाण्ॉँुहरु उसको शरिर भित्र पस्दछन् र संक्रमण फैलिन्छ । दुई हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागिरहनु, साझपख हल्का ज्वरो र पसिना आउनु, खान मन नलाग्नु, छाती दुख्नु, दुब्लाउँदै जानु, खकारमा रगत आउनु यसका लक्षण हुन् ।

तीन वटा खकार परीक्षणबाट रोग निदान हुन्छ । यसका मुख्य ५ वटा औषधि छन् । नियमित ६ देखि ८ महिना औषधि सेवन गर्दा रोग निको हुन्छ । क्षयरोग उपचारबाट पूर्णरुपमा निको गर्न सकिने रोग हो । सरकारले क्षयरोगको उपचार निःशुल्क गर्न पाइने व्यवस्था मिलाएको छ । क्षयरोगको उपचार डट्स बिधिबाट गर्नुपर्दछ । 

Last modified on 2019-06-06 11:11:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts