स्क्रब टाइफस भए मिर्गाैला फेलदेखि मुटुरोगसम्म ( भिडियोसहित )



Download our app to get more features

स्क्रब टाइफस रोग बारेमा धेरै मासिन अनविज्ञ छन् । जसका कारण नेपाल जस्तो विकासिल देशका धेरै नागरिक यसको जोखिममा छन् । यो रोगका धेरैजसो लक्षण सामान्य ज्वरोसँग मिल्दोजुल्दो भएकाले पनि मानिसहरू झुक्किने गर्छन । यस्तो अवस्थाका स्क्रब टाइफसबाट कसरी जोगिने ? कसरी चिन्ने स्क्रब टाइफस भनेर कन्सल्टेन्ट फिजिसियन डा. रामकृष्ण बरालको सुझाव यस्तो छ :

चीनमा तेस्रो सताब्दीमा पहिलो पटक स्क्रब टाइफस देखापरेको थियो । नेपालमा भने यो देखा परेको धेरै समय भएको छैन् । तर पनि यो रोगले बेलाबेलामा मानिसको ज्यानै लगेको समाचार सार्वजनिक भइरहेका छन् । नेपाल जस्तो विकाशोन्मुख र धेरैजसो व्यक्ति कृषिमा निर्भर भएको देशमा स्क्रब टाइफसको जोखिम उच्च हुन्छ । 

स्क्रब टाइफसलाई बुस टाइफस पनि भनिन्छ । यो रोग ओरेन्सिया सुसुगमुसी नामक पराजिवीको संक्रमणबाट सर्छ । माइट नामको संक्रमित किर्नाले टोक्दा यो रोग मानिसमा सर्छ । 

विशेषगरी घाँसपात, झाडीमा काम गर्ने मानिसमा यो रोगको सम्भावना प्रवल रहन्छ । झाँडीमा काम गर्दा संक्रमित किर्नाले टोक्यो भने यो रोग लाग्छ । 
लक्षण

  •    एक्कासी ज्वरो आउनु ।
  •    शरीरमा एलर्जी जस्तो बिबिरा देखिनु । 
  •     टाउको दुख्नु ।
  •     खोकी लाग्नु ।
  •     शरीर आलस्य हुनु ।
  •     खाना अपज हुनु ।
  •     वान्ता हुने ।
  •     जन्डिस हुने ।
  •     श्वास फेर्न गाह्रो हुने । 

यसको बेलैमा उपचार गरिएन भने संक्रमण बढ्दै गएर मुटु, कलेजो, मिर्गाैलामा समेत गम्भीर असर पुग्छ । यो रोगको संक्रमण भएको करिब ५ देखि ७ दिनदेखि लक्षण देखिन थाल्छ । 

उपचार पद्धति 
यो रोग लागे नलागेको पत्ता लगाउन रगतमा एन्टीजेनको अवस्था हेर्नुपर्छ । यसैलाई आधार मानि बिरामीको अवस्था हेरी कुन उपचार पद्धति अवलम्बन गर्ने, कुन औषधि चलाउने भन्ने एकीन गरिन्छ । 

बच्न के गर्ने 
स्क्रब टाइफस ग्रामीण क्षेत्रका मानिसमा मात्र देखापर्छ भन्ने थियो । यसको संक्रमण शहरी क्षेत्रमा समेत देखापरेको छ । यसबाट बच्ने उपाय भनेको संक्रमित किर्नाको टोकाइबाट बच्नु हो । यसबाहेक निम्न सावधानी अपनाउनु पर्छ ।

  •    खेतबारीमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउने । (खुट्टामा बुट, हातमा पन्जा र टाउको ढाक्ने कपडा लगाउने )
  •    घर वरपर सफा राख्ने ।
  •    भुइँमा बस्दा केही ओच्छ्याएर मात्र बस्ने । 

माथिका कुनै पनि लक्षण देखिए तुरुन्त स्वास्थ परीक्षण गराउनु पर्छ । बेलैमा उपचार गरिएन भने यो रोगले ज्यानै लान सक्छ । 

भिडियो हेर्नुहोस्

Last modified on 2019-06-07 07:38:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts