मेडिकल विद्यार्थीमा सुर्तिजन्य पदार्थको सेवनः सबैभन्दा बढि डेन्टलमा

नर्सिङ विद्यार्थीमा जम्मा १ दशमलव २ प्रतिशत



Download our app to get more features

काठमाडौं, २३ जेठ । भनिन्छ, सुर्तिजन्य पदार्थको सेवन घातक हुन्छ भन्ने सबैलाई थाहा छ । यसको सेवनबाट हुने असरको बारेमा जानकारी हुदाँहुदै पनि मानिस यसलाई छोड्न तयार हँुदैन । सँधै धुम्रपानरुपी बन्दुकले सेवन कर्तालाई मार्न ताकि रहेको हुन्छ । 

तर, यसका सेवन कर्ताहरु भने दिनदिनै बढिरहेका छन् । विश्वमा ४ मध्ये एक जना वयस्क सुर्तिजन्य पदार्थ सेवन गर्छन् । एक अर्ब ११ करोड ७० लाख धुम्रपान तथा सुर्ति सेवन गर्छन्, जसमध्ये ८१ करोड ७० लाख धुम्रपान र ३० करोड व्यक्ति सुर्ति सेवन गर्ने गरेको तथ्यांकले देखाएको छ । 

सुर्तिजन्य पदार्थ सेवन गर्नेमा विभिन्न घातक रोगले संक्रमण गरेको पाइन्छ । त्यसैगरी सेकेन्डह्याड सेवनले पनि ठूलो असर पारेको छ । 

१३ देखि १५ वर्ष उमेरका युवाहरुमा पनि यसको लत भयावह रुपमा रहेको पाइन्छ । ग्लोबल युथ टोवाको सर्वे २०११ को तथ्यांक अनुसार नेपालमा सुर्तिजन्य पदार्थ सेवन गर्ने युवाहरु २०.४ प्रतिशत रहेका छन् । जसमा केटा २४.६ प्रतिशत र केटी १६.४ प्रतिशत रहेका छन् । 

मेडिकलका विद्यार्थीमा कस्तो छ सुर्तिजन्य पदार्थ सेवनको अवस्था 
ग्लोबल हेल्थ प्रोफेस्नल स्टुडेन्ट सर्वे २०११ अनुसार मेडिकल विद्यार्थीहरुमा सुर्तिजन्य पदार्थको सेवन रोक्नुपर्ने देखिएको छ । समग्रमा २२.४ प्रतिशत विद्यार्थीले सुर्तिजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । जसमध्ये केटा ३२.८ प्रतिशत र केटि ६.५ प्रतिशत रहेका छन् । 

डेन्टलका विद्यार्थीमा सबैभन्दा धेरै 
मेडिकल विद्यार्थीहरु मध्ये डेण्टल विधाका विद्यार्थीमा सुर्तिजन्य पदार्थको सेवन सबैभन्दा बढि रहेको पाइएको छ । डेन्टलका ३३.४ प्रतिशत विद्यार्थीले सूर्तिजन्य पदार्थ प्रयोग गर्ने गरेको तथ्यांकले देखाएको छ । जसमध्ये ५६.४ प्रतिशत केटा र ५.४ प्रतिशत केटी रहेका छन् । 

फार्मेसि 
फार्मेसिका विद्यार्थीमध्ये २८.५ प्रतिशतले यसको सेवन गर्ने गरेको पाइन्छ । जसमा ४० प्रतिशत केटा र २.३ प्रतिशत केटी रहेका छन् । 

नर्सिङ 
त्यसैगरी नर्सिङ विद्यार्थीमा सुर्तिजन्य पदार्थ सेवन गर्ने जम्मा १.२ प्रतिशत रहेका छन् । 

सुर्तिजन्य पदार्थ सेवनबाट हुने रोगः 
♦ क्यान्सर (फोक्सो, मुख, घाँटी, रगत, पेट)
♦ मुटु सम्बन्धी रोगहरु लाग्ने
♦ दम, खोकी, क्षयरोग, निमोनिया र दीर्घ श्वासप्रश्वास अवरोध रोग
♦ मधुमेहको सम्भावना बढाउने, पेटको घाउ हुन,
♦ कपाल झर्ने, श्रवणशक्ति कमजोर हुने
♦ आँखाको दृष्टिशक्ति कमजोर हुने 
♦ आमा वा अन्यले गरेको धुम्रपानले समय अगावै, मरेको वा कम तौलको बच्चा जन्मिनु ,  

प्रत्येक चार सेकेन्डमा एकको मृत्यु  
सुर्तिजन्य पदार्थको सेवनले प्रत्येक वर्ष ८० लाखको हाराहारीमा मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । जसमा विश्वमा प्रति चार सेकेन्डमा एक जनाको मृत्यु हुने गरेको छ  भने प्रत्येक घण्टा ९ सय १४ जनाको मृत्यु भैरहेको छ । यस्तै प्रत्येक दिन २१ हजार ९ सय १८ जनाको मृत्यु भैरहेको छ । 

नेपालमा के छ अवस्था ?
नेपालमा सुर्तिजन्य पदार्थको प्रयोगबाट प्रतिघण्टा चार जनाको मृत्यु भैरहेको छ भने प्रत्येक दिन ७४ जनाको मृत्यु भइरहेको छ । यस्तै हरेक हप्ता दुई सय ७८ पुरुष र दुई सय ५१ महिलाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । प्रत्येक महिना दुई हजार दुई सय ५८ र प्रत्येक वर्ष २७ हजार एक सय भन्दा बढि मानिसको मृत्यु सुर्तिजन्य पदार्थको प्रयोगबाट हुने गरेको छ । 

 

 

(बद्रि बहादुर खड्का, सह सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)

Last modified on 2019-06-07 07:37:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts