एमबीबीएस अध्ययनरत  खनाल आठ दिनदेखि बेपत्ता



Download our app to get more features

काठमाडौं, २४ जेठ । काठमाडौ मेडिकल कलेजमा एमबीबीएस गर्दौ गरेका  शिशिर खनाल आठ दिन देखि हराईरहेका छन् । 

उनी गत शुक्रबार बेलुकादेखि हराईरहेका शिशिरका परिवारले जानकारी दिए । उनी मेडिकल कलेजमा अन्तिम वर्षको रूपमा अध्ययन गर्दै आएका विद्यार्थी हुन् ।

खनाल आफ्ना काका  दिपक खनालको   बा.87प. 7804 नं का रातो रकंको पल्सरमा घरबाट निस्केका थिए ।

उनको मोटरसाईकल शनिबार किर्तिपुर भन्दा माथि जंगलमा फेला परेपनि उनी अझै वेपत्ता रहेका छन् ।

शनिवार दिउँसो ३ बजे अन्तिम पटक खनालले बोक्दै आएको नेपाल टेलिकम र एनसेलको दुबै  नम्बर ललितपुरको धोबिघाटमा देखिएको काका दिपकले हाम्रो डक्टरलाई बताए ।

तिनकुने निवासी खनाल अन्तिम वर्षको फाईनल परीक्षा सुरू हुनु भन्दा ३ दिन अघि देखि हराएका हुन् । हाल उक्त परीक्षा चलिरहेको छ ।

पढाइमा धेरै ध्यान दिने खनाल केही समयदेखि मन्दिर जाने, ध्यान केन्द्र तिर जाने गरेका काका दिपक ले बताए । 

उनी ४ वर्षको हुँदा सडक दुर्घटनामा आफ्ना बुवा आमा गुमाएका थिए । त्यसबेला उनका भाई भने मात्रै १० महिनाका थिए ।  

त्यसपछि उनी भाईसँगै माईलोबुवासँग तिनकुनेमा बस्दै आएका थिए ।

Last modified on 2019-06-07 11:48:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts