हुरीबाट घाइते सबैको उपचार प्रदेश सरकारले गर्ने



Download our app to get more features

काठमाडौं, २४ जेठ । बिहीवार साँझ कञ्चनपुर र कैलालीमा आएको हावाहुरीबाट घाइते भएका सबैको उपचार सुदुरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ । 

हुरीका कारण विद्युत, खानेपानी, टेलिफोनलगायत सेवा अवरुद्ध भएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले पत्रकार  सम्मेलनमा जानकारी दिए । साथै उनले हावाहुरीले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए । क्षतिको पूर्ण विवरण संकलनपछि प्रदेश सरकारले राहत घोषणा गर्ने उनको भनाइ छ । उनका अनुसार सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेका छन् । 

बिहीवार साँझ आएको हावाहुरीबाट दुई जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । मृत्यु हुने दुवै जना कैलालीका छन् । हुुरीबाट कैलालीका ७७ जना र कन्चनपुरका २३ जना घाइते भएका छन् । कञ्चनपुरका १५ र कैलालीका ६६ जना सामान्य उपचारपछि घर फर्किएको जनाइएको छ । हावाहुरीका कारण बिहीवार साँझदेखि नै राजमार्ग अवरुद्ध छ । राजमार्गमा रुख ढलेकोले सवारी आवागमन हुन नसकेको हो ।

१० जना गम्भीर
घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेको  जनानइको छ । उनीहरुको सेती अञ्चल अस्पताल, पद्मा अस्पताल र निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
 

Last modified on 2019-06-08 13:04:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts