यौन सम्पर्कबाट सर्ने मुसा (जेनेटल वार्ट) भनेको के हो ?



Download our app to get more features

मानिसको गुप्तांगमा पनि मुसा आउँछ भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर जसलाई यो समस्या छ, उसलाई भने यो धेरै टाउको दुखाईको विषय हुनसक्छ । गुप्तांगमा आउने मुसा भनेको के होला भन्ने जिज्ञासा उठ्न सक्छ । अनि यो के कारणले आउँछ ? कसरी थाहा पाउने भनेर छाला तथा यौन रोग विशेषज्ञ डाक्टर संगीता बराल बस्नेतले जानकारी दिनुभएको छ । 

महिलाको योनी र पुरुषको लिंगको वरीपरी आउने मासुका स—सना डल्लालाई जेनेटिक वार्ट वा यौन सम्पर्कका माध्यमबाट सर्ने मुसा भनिन्छ । कसै कसैमा मलद्वार तिर पनि देखापर्छ । यसलाई यौन रोग भनिन्छ । यो एक प्रकारको भाइरल हो ।

यो रोगको बारेमा धेरैलाई थाहा नहुन सक्छ  । त्यस्तै यो समस्या गुप्तअंगमा हुने भएकाले कतिपयले रोग लुकाउने र पालेर बस्ने हुनसक्छ । 

त्यसो त गुप्तांगमा आउने मुसाले दुख्ने, पोल्ने केही पनि हँुदैन । त्यसैले पनि कतिपयले यसलाई बेवास्ता गर्ने गरेको पाइन्छ । तर, बेलैमा उपचार गरिएन भने गुप्तांगमा आउने मुसाले अन्य खतरा उत्पन्न गराउँछ । 

यसका लक्षण :
महिलाको योनी र पुरुषको अण्डाकोष, लिंग, लिंगको टुप्पो तथा लिंगको छाला वरिपरी ससाना खटिरा जस्तो मासुको डल्ला देखिन्छ ।

लाग्ने कारण :
यो रोग यौनसम्पर्क र रगतको माध्यमबाट सर्छ ।

यसको बेलैमा उपचार नगरे के हुन्छ ?
१. योनी तथा मलद्वारमा संक्रमण (इनफेक्सन) हुन्छ ।
२. यौनसम्पर्कका बेला समस्या आउँछ ।
३. कतिपय मानिसको यसैका कारणले श्रीमान श्रीमतीको सम्बन्धमा फाटोसम्म आउन सक्छ । 

उपचार पद्दति :
यो रोग उपचार गर्दा पूर्ण रुपमा निको हुन्छ । अहिलेको अवस्थामा सबैभन्दा प्रभावकारी उपचार पद्धति भनेकै पोडोवार्ट र इलोक्ट्री प्रभावकारी हुन्छ । यी उपचार पद्धतिबाट पनि रोग निको नभए अन्य कुनै रोगको लक्षण होकी भन्ने थप अनुसन्धान गर्नुपर्छ । गुप्तांगहरु सधै सफा राख्नु पर्छ ।

प्रायः जसो धेरै व्यक्तिसँग यौनसम्पर्क राख्ने व्यक्तिमा यो रोग लाग्ने गर्दछ । यो रोग लागिहालेमा लाज मान्नुको सट्टा तुरुन्त परीक्षण गराई उपचार गर्नुपर्छ । धेरै व्यक्तिसँग यौनसम्पर्क राखेको भए चिकित्सकसँग खुल्नुपर्छ । उपचार गर्न सजिलो हुनको साथै प्रभावकारी उपचार गराईपुनः नदोहोरिन दिन चिकित्सकसँग खुलेर संवाद गर्नु जरुरी हुन्छ । 

Last modified on 2019-06-08 14:44:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts