महिनावारी हुँदा गरिने विभेदले कस्तो असर पर्छ ?



Download our app to get more features

काठमाडौं, २५ जेठ | महिनावारी महिलाको प्रजनन् क्रियासँग जोडिएको एक जैविक प्रक्रिया हो । यो चक्र महिला शारीरिक रूपमा परिपक्व भएको जानकारी दिने एक प्राकृतिक संकेत हो ।

महिनावारी हुनु महिला प्रजननका लागि सक्षम भएको प्रमाण र विशेष क्षमता पनि हो । यसर्थ महिनावारी मानव सभ्यताका लागी गौरव र मर्यादित विषय हो । 

महिनावारीमा निस्कासन हुने  रगत मानव सिर्जना गर्न बनेको विशेष तत्व हो, त्यसैले यो अति पवित्र तत्व हो ।

३. महिनावारी हुँदा गरिने विभेदले पार्ने असरहरु
स्वास्थ्यमा असर 

विभिन्न अध्ययनकाअनुसार महिनावारी हुँदा स्वास्थ्यमा हेलचेक्राई गरेमा मूत्र तथा प्रजनन् प्रणालीमा समस्या

महिनावारी स्वच्छतामा ध्यान नदिंदा योनीमा खटिरा आउने, योनीबाट अस्वभाविक रुपमा दुर्गन्धित पानी बग्ने र मूत्र सङ्क्रमण जस्ता समस्या आउँछन् 

शिक्षामा असर 
नेपालमा करिब २२ प्रतिशत छात्रा महिनावारी अवधिभर विद्यालय जाँदैनन् । यसले उनीहरुको भविष्य अन्धाकारतिर धकेलिन्छ ।  

प्रतिष्ठामा आँच  तथा मानवअधिकारको हनन्

महिनावारीका बेला गरिने दुव्र्यवहारले महिलाहरुले हेपिएको वा अपहेलित भएको महसुस गर्छन् ।

महिनावारीको बिषयलाई लिएर छुवाछुत गर्ने, घरभित्र बस्न नदिने, मन्दिरमा पस्न नदिने, परिवारसँगै बस्न नपाउने प्रतिबन्धले महिलाहरुले सम्मानित तरिकाले बाँच्न पाउने तथा आधारभूत मानव अधिकारको अवसरबाट बन्चित हुनु परेकोछ । 

विकास लक्ष्यमा प्रभाव 
विकास भनेको खानेपानी, सरसफाइ, स्वास्थ्य, शिक्षा, मानव अधिकार लगायतको समष्टिगत रुप हो । तर महिनावारीसँग सम्बन्धित अन्धविश्वास, तथा व्यवहारका कारण महिलाहरु यी विकास गतिविधहरुमा  पछाडी परेकाले नेपाल सरकारले राखेको विकास लक्ष्य समेत प्रभावित हुने गरेको छ ।  

ज्यान जोखिम

महिनावारी भएको बेला घर बाहिर बस्नुपर्दा विभिन्न अपराधका घटनाहरु भएका छन् ।

महिलाले अनाहकमा बलात्कृत हुनुपर्ने, जङ्गली जनावरको शिकार हुनुपर्ने, चिसो तथा धवाले निस्सासियर ज्यान नै गुमाउनुपर्ने लगायत घटना महिनावारीका बेला घरपरिवारले गर्ने व्यवहारकै कारण उब्जिएका छन् ।

प्रदेश ६ अवस्था छ । छाउगोठमा बस्दा बर्षेनी सरदरमा २ जनाको मृत्यु हुने गरेको छ । 

राष्ट्रिय महिनावारी संजाल    
 

 

Last modified on 2019-06-09 06:06:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts