लागूपदार्थले यौन उत्तेजना बढाउँछ ?
काठमाडौं, २५ जेठ । लागूपदार्थको प्रयोगले यौन उत्तेजना बढाउँदैन ।
यो त कुनै पनि व्यक्तिले लागूपदाथ प्रयोग गरेको बेलामा गरेको महसू मात्र हो । सन्तुलित र सामान्य अवस्था (लागूपदार्थ सेवन नगरेको) मा मानिस पूरै होश मै हुने गर्दछ ।
यस्तो बेलामा उसले आफ्नो मनमा उब्जिएका राम्रा तथा नराम्रा धारणहरुलाई राम्रोसँग केलाइ राम्रो काममा मात्रै ध्यान दिने गर्दछ तर लागूपदार्थ सेवन गरेपछि यसले स्नायु प्रणालीमा असर गर्ने हुँदा व्यवहारमा नियन्त्रण गुमाउँछ र यता पदार्थले जुनै पनि असमान्य काम गर्न उत्तेजित पार्दछ ।
त्यसैले उसलाई यौन उत्तजना बढाएको जस्तो लागेको हो तर यो सत्य होइन ।
निमास यिनै कारणले गर्दा लाज पचाई अरु कुरालाई वेवास्ता गरी यस्ता यौनजन्य क्रियाकलाप गर्न उत्साहित हुन पुग्दछ । लागूपदार्थले त झै–झगडा, लडाइँ, कलह, चोरी जस्ता घटनाहरु बढाउँछ ।
लागूपदार्थको सेवन गरेपछि टेन्सन घट्छ ?
यो कुरा गलत हो । लागूपदार्थले त टेन्सन घटाउने भन्दा पनि झनै बढाउँछ ।
हुन त लागूपदार्थमा हाम्रो स्नायु प्रणालीलाई लठ्याउने चीज हुने हुनाले हाम्रो होश गुम्छ र हामीलाई टेन्सन घटेको जस्तो लाग्छ । तर, जब त्यो व्यक्ति लागूपदार्थको लठ्याइबाट बाहिरिन्छ, तब टेन्सन जस्ताको तस्तै हुन्छ ।
लागूपदार्थको सेवन गर्नाले यसको लत बस्न गएर लागूपदार्थ नभै नहुने अवस्थाको सृजना हुन्छ र जीवन बर्बाद हुन्छ ।
टेन्सन के कारणले आएको हो सो समस्याहरुको समाधान गर्नु टेन्सन हटाउने उपयुक्त उपाय हो ।
किशोर–किशोरीहरुको प्रजनन स्वास्थ्यसम्बन्धी जिज्ञासा पुस्तिकाबाट