के स्वास्थ्यकर्मीले किशोर किशोरीहरुलाई उपचार गर्न इन्कार गर्न सक्छन् ?



Download our app to get more features

काठमाडौं २५ जेठ । स्वास्थ्यकर्मीले किशोर/किशोरीहरु तथा युवायुवतीहरुलाई उपचार गर्न इन्कार गर्ने अधिकार हुँदैन ।

अन्य वयस्क व्यक्तिसरह किशोर किशोरीहरु तथा युवायुवतीहरुलाई पनि उपचार तथा सेवा पाउने अधिकार हुन्छ ।

यदि स्वास्थ्यकर्मीले उपचार सेवा दिन इन्कार गरेमा उनीहरुसँग सेवा दिन इन्कार गर्नुको कारणबारे छलफल गर्नुपर्छ ।

साथै  स्वास्थ्यकर्मीले सेवा नदिएमा अर्को स्वास्थ्यकर्मीसँग वा उनीहरुभन्दा माथिल्लो तहका स्वास्थ्यकर्मीसँग आफ्नो समस्या बताउनु पर्छ ।

यस्तो अवस्थामा आफ्नो साथी वा अन्य आफूलाई विश्वास लाग्ने व्यक्तिसँग सम्पर्क गरेर समस्याको समाधान गर्नु राम्रो हुन्छ । 

हालका दिनहरुमा स्वास्थ्य संस्थाहरुले किशोर किशोरीमैत्री सेवा दिने प्रयास सूरु गरेका छन् ।

त्यसैले आफ्नो नजिकको स्वास्थ्य केन्द्र वा अन्य कुनै संस्थामा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा भए नभएको पत्ता लगाउनु पर्छ ।

नेपालले हस्ताक्षर गरेको अन्तराष्ट्रियअन्तर्राष्ट्रिय  मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९९६ मा स्वास्थ्य सेवा पाउने अधिकार छ जसमा प्रजनन स्वास्थ्यसम्बन्धी सेवासमेत पर्दछ ।

यो महासन्धि अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त छ जसमा हाम्रो देश नेपालले पनि हस्ताक्षर र अनुमोदन गरेको छ । तसर्थ सेवा लिनका लागि हिचकिचाउनु पर्दैन । 

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र/परिवार स्वास्थ्य महाशाखा

Last modified on 2019-06-09 12:08:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts