८ दिनदेखि हराइरहेका एमबीबीएसका विद्यार्थी किर्तिपुरको जंगलमा मृत फेला



Download our app to get more features

काठमाडौं, २४ जेठ । ८ दिनदेखि हराइरहेका काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत शिशिर खनाल मृत फेला परेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त कीर्तिपुरबाट खटिएको टोलीले शनिबार दिउँसो कीतिपुरको पुष्पलाल पार्क नजिकैको जंगलमा उनको शव फेला पारेको हो।

 महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले खनालको शव फेला परेको पुष्टि गरे। 

उनकाअनुसार मृत भेटिएका खनालले प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको शंका छ । 

अर्घाखाचि घर भइ कोटेश्वर बसेर पढ्दै आएका खनालका परिवारले प्रहरीलाई जानकारी दिएअनुसार उनी डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए। 

‘प्रहरी अहिले अनुसन्धानमै छ। हत्या वा आत्महत्या के हो भन्ने बारेमा भने अनुसन्धान पछि नै थाहा हुन्छ’,प्रवक्ता बोगटीले भने ।

केही दिन अगाडि नै मृत्यु भएका कारण शव सडेको अवस्थामा रहेको  उनले  जानकारी दिए । 

शव पोस्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र चौथो वर्षका विद्यार्थी शिशिर २०७६ जेठ १७ बाट सम्पर्क बिहीन भएका थिए।  

खनालले बोकेको दुईवटै मोबाइल स्वीचअफ भनेपछि उनका आफन्तले प्रहरीलाई खबर गरेका थिए। 

त्यसलगत्तै खनालको खोजिमा खटिएका प्रहरीले उनको मोटरसाइकल कीर्तिपुरको पुष्पलाल पार्कमा भेटाएपछि सोही क्षेत्रमा तालिम प्राप्त कुकुरसहित प्रहरीले ‘सर्च’ अप्रेसन गरेको हो ।


 

Last modified on 2019-06-09 12:09:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts