पेट दुखेर भर्ना भएकी युवतीको  मृत्यु भएपछि विर्तामोडमा अस्पताल तोडफोड



Download our app to get more features

झापा,  २६ जेठ ।  पेट दुखेर  भर्ना गरिएकी युवतीको मृत्यु भएपछि आफन्तले आइतबार दिउँसो विर्तामोडस्थित कन्काई अस्पतालमा तोडफोड गरेका छन् ।

पीडितका आफन्त तोडफोडमा उत्रिएपछि त्यसलाई रोक्न प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।  केही प्रदर्शनकारी प्रहरीको लाठीचार्जबाट घाइते भएका छन् ।

इलामको सूर्योदय नगरपालिका–९ फिक्कलकी २१ वर्षीया विविता तामाङको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्त तोडफोडमा उत्रिएका हुन् ।

पेट दुखेर सामान्य अवस्थामा भर्ना भएकी राईलाई अस्पताललेआइसियुमा राखेको थियो । आइतबार बिहान नोबेल अस्पतालमा रेफर गरिएकी राईलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

विराटनगरबाट राईको शवसहित आएका आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कारबाही नभएसम्म शव नउठाउने अडान राखेका छन् ।

सर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा ओगेन लामाले प्रहरीले मृतकका आफन्तलाई दमन गरेको बताए ।

‘अस्पताल प्रशासनसँग आफूहरु वार्तामा बसिरहेका आफन्तलाई प्रहरीले लाठिचार्ज गरेको थियो’, उनले भने । ‘उनीहरुलाई छुटाउन जाँदा प्रहरीले मलाई नै लाठी हान्यो, गोली हान्छु भनेको छ प्रहरीले,’ वडाध्यक्ष लामाले थपे ।

कन्काईमा भर्खरैबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएकाले पहाडका बिरामी रेफर भएर आउन थालेका छन् ।

विवितालाई पनि इलामको फिक्कल अस्पतालले रेफर गरेर कन्काई पठाएको थियो ।

‘कन्काई ल्याउने बित्तिकै इमर्जेन्सिमा राखियो, भिडियो एक्स–रे गरेपछि डाक्टरले एपेन्डिक्सको शल्यक्रिया गर्नुपर्छ भने,’ मृतकका बाबुले भने, ‘शल्यक्रिया गर्ने सामान किन्न लगाए । सामान्य अवस्थामा ल्याएको विरामी चिकित्सकको लापरवाहिको कारण मृत्यु भएको भन्दै डाक्टरलाई कानुन बमोजिम कारवाहि गर्नुपर्छ भन्ने पिडितपक्षको भनाई रहेको छ ।

केहि समय पिडित पक्ष र प्रहरी विच भनाभन र प्रहरीले कुटाकुट गर्दा दुईजना घाईते समेत भएका छन् ।

Last modified on 2019-06-10 10:13:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts