डेंगु अन्यत्र फैलिन नदिन सरकारको विशेष अभियान, धरानमा डेंगु जाँचका लागि थप किट माग



Download our app to get more features

काठमाडौं, २७ जेठ । सरकारले धरानमा फैलिएको डेंगु अन्यत्र फैलिन नदिन विशेष जनचेतना अभियान शुरु गरेको छ ।

इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रकोप कै रुपमा फैलिएको डेंगु अन्य जिल्लामा फैलिन नदिन विशेष जनचेतनामुलक अभियान शुरु गरिएको हो ।

महाशाखाका किट नियन्त्रण शाखाका प्रमुख घनश्याम पोखरेलले हाम्रो डक्टरसँग कुराकानी गर्दै अन्य क्षेत्रमा डेंगु फैलिन नदिन टोल टोलमा जनचेतना मुलक कार्यक्रम शुरु गरिएको बताए । 

उनले भने, ‘डेंगुको पकेट क्षेत्र मानिने सबै ठाँउमा लार्भा नष्ट गर्ने काम पनि भइरहेको छ । आसपासका क्षेत्रमा यो रोग फैलिन नदिन लार्भा नष्ट गर्नुका साथै सतर्क रहन पनि नागरिकलाई आग्रह गरिएको छ ।’ 

केहि दिन अघि धरानमा प्रकोप कै रुपमा देखिएको डेंगुका कारण अहिलेसम्म ३ सय १४ जना संक्रमित भएको जानकारी दिँदै उनले संक्रमितको संख्या अझ नबढोस त्यसका लागि केन्द्रबाट आवश्यक किट पनि पठाइएको बताए ।

उनले थपे, ‘धरानबाट थप किटको माग गरिएको छ । चाँडै त्यसको व्यवस्थापन गर्दैछौं ।’

ड्रममा पानी जम्मा गरेर राख्ने तर नछोप्ने गरेकाले डेंगुको संक्रमण बढेको उनको भनाइ छ । 

पूर्वी क्षेत्रको झापा, मोरङ, सुनसरी सहितका क्षेत्रमा यो अघि पनि डेंगुका कारण मानिसहरु प्रभावित हुँदै आएका छन् ।

Last modified on 2019-06-10 14:59:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts