लिड २०३० च्यालेन्जको उपाधि नेपालकी बोनितालाई



Download our app to get more features

काठमाडौं, २७ जेठ । सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्स (सोचाई) को विजेता बोनिता शर्मालाई घोषित गरिएको छ ।

कुपोषण र भोकमरीको अन्त्य गर्ने उद्देश्य लिएर तीन युवाहरुको साथमा सुरु गरिको लिड २०३० च्यालेन्जको विजेताका रुपमा उनलाई घोषित गरिएको हो ।

दिगो विकास लक्ष्यप्राप्तिका लागि ‘वन योङ्ग वल्र्ड’ ले विश्व प्रतिष्ठित ब्राण्डहरुसँगको सहकार्यमा लिड २०३० प्रतियोगिताको आयोजना गरेको थियो । जसमा विश्वभरका युवाद्वारा दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कार्यहरुको खोजी गरिएको थियो ।

नवीनतम सिर्जना, शिक्षा र सामाजिक व्यवसायमार्फत् पोषण र स्वास्थ्य सुधारमा केन्द्रित रहेको सोचाइले दिगो विकास लक्ष्य नं २ ‘भोकमरीको अन्त्य’ प्रवर्गअन्तर्गत एक सय देशबाट आएका एक हजार दुई सय प्रतिस्पर्धीलाई उछिन्दै च्यालेन्ज पार्टनरबाट ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त समेत गरेको छ । यस पुरस्कार सँगसँगै सोचाइले आरबी ग्रुपबाट एक वर्षसम्मको मेन्टोरिंग पनि पाउनेछ ।  

पोषण, सरसफाई तथा यस सम्बन्धिजानकारीको अभावले हाम्रो गाँउ–समाजमा निम्त्याएको गम्भिर समस्याहरु समाधानगर्ने दृढ उद्देश्यका साथ अघि बढिरहेको सोचाइले पोषण माला तथा महिनावारी मालाजस्ता नयाँ सिर्जनाहरु गर्दै आमा, बच्चा, किशोर किशोरी, महिला स्वास्थ्य स्वयम्सेविकाहरु तथा समुदायलक्ष्यित कार्यक्रमहरु गर्दै आइरहेको छ ।  

Last modified on 2019-06-10 14:59:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts