गर्मीयाममा स्वास्थ्यमा देखिने समस्या र समाधान


Download our app to get more features
Spark_health_home Birat Hospital NHEICC

मानिसलाई गर्मी जाडो लाग्नु स्वभाविक हो । बाहिरको तापक्रममा गर्मी जाडो भएन भने सबभन्दा राम्रो हावापानी यसैलाई भने हुन्छ । बाहिरको तापक्रम कम बेसी भएपनि हाम्रो शरीरभित्रको तापक्रम एकनासको हुनुपर्छ । विषाणु अथवा जीवाणुहरुको संक्रमणमा साइटोकिन नामक पदार्थ पैदा भएर ज्वरो आउँछ । बाहिरको तापक्रम बढेर हाम्रो शरीर भित्रको तापक्रमलाई विशेष अवस्थामा प्रभाव पर्न सक्छ  । वृद्ध र दीर्घरोगीहरुको शारिरीक तापक्रम नियन्त्रण गर्ने मस्तिष्कको हाइपोथालामसले राम्ररी आफ्नो काम गर्न नसक्दा शरीरभित्रको तापक्रम बढ्दै जान्छ र यस्ता व्यक्तिहरुलाई बाह्य तापक्रमले नराम्रो प्रभाव पारेर ज्यानै लिने सम्भावना हुन्छ । यस्तो अवस्थालाई अंग्रेजी भाषामा हिटस्ट्रोक भनिन्छ ।

अस्ट्रेलियाका मेलवर्न र सिड्नी शहरमा कहिले जाडो कहिले गर्मी हुन्छ भने ब्रिसबेनमा धेरैजसो एकनासको तापक्रम हुने र जनवरीमा केही दिन ज्यादै गर्मी हुने गर्दो रहेछ । अस्ट्रेलियाको उत्तरी भागमा पर्ने डार्विन शहरमा भने धेरैजसो गर्मी नै हुन्छ । गर्मी समयमा नेपालका तराई भागका शहर र गाउँहरुमा पनि ज्यादा गर्मी हुन्छ । ज्यादा गर्मी हुने ठाउँमा बसोबास गर्ने बुढाबुढी र दिर्घ रोगीहरुलाई बाहिर बढेको तापक्रमले शरीरमा अवाञ्छनीय प्रभाव पारेर ज्यानै लिनसक्छ । धेरै तापक्रम बढेर आउने अप्ठ्यारो अवस्थामा स्वास्थ्य व्यतिmहरुलाई पनि हुन्छ । घाममा ज्यादा परिश्रम गर्ने युवा युवतीहरुलाई हिटस्ट्रोक हुनसक्छ । भरखर भर्ना भएका सिपाहिहरु र पहलमानहरुलाई घाममा अत्याधिक परिश्रम गर्दा ज्यादा तापक्रम हुने सम्भावनालाई पनि हामीहरुले बिर्सन हँुदैन । बढेको तापक्रमले हाम्रो शरीरमा पर्ने अवाञ्छनीय असरहरुका विषयमा छोटो विवरण यहाँ प्रस्तुत गरिँदैछ ।

vayoda

bp_ad

हामीहरुले खाएका खानाहरु विभिन्न प्रकारका ईन्जायमहरु र पाचन प्रणलीका मद्दतले रगतद्वारा कलेजोमा पुग्दछन् । कलेजोमा अत्यन्त जटिल रसायनिक पद्धतिद्वारा दहनक्रिया हुँदा शरीरलाई चाहिने शतिm उत्पादन हुनुको साथै तापक्रम पनि उत्पन्न हुन्छ । मानिसको शरीरभित्रको तापक्रमलाई बाहिरको तापक्रमले पनि प्रभाव पारेको हुन्छ । शरीरभित्र तापक्रम बढेपछि हाइपोथालामस नामक मस्तिष्कको अगाडितिर रहेको प्रिअप्टिकनुक्लियस प्रभावित भएर स्वचालित स्नायुहरुले छालामा रतm सञ्चार बढाउनुको साथै पसिना काड्न पनि लगाउँछन् । पसिना बाफमा परिणत हुँदा तातोपन खर्च भएर तापक्रम कम हुन्छ । शरीरको तापक्रमभन्दा बाहिरको तापक्रम कम हुँदा शरीरको भित्रको तातोपन कम हुन्छ भने बाहिरको तापक्रम  ज्यादा भयो भने शरीर भित्रको तातो बाहिर निस्कन सक्दैन ।

मस्तिष्कले शरीरभित्रको तापक्रम नियन्त्रण गर्न छाडिसकेपछि शरीरभित्रको तापक्रम बढेर १०८ डिग्री फरेन्हाइट भन्दा ज्यादा भएपछि दहनक्रियामा मद्दत गर्ने ईन्जायमहरुले काम गर्न छाड्दछन् र रगतमा विषालु पदार्थहरु जम्मा भएर सबै अंगहरु रुग्ण हुन थाल्दछन् । मानसिक रोगबाट पीडित व्यतिmहरुलाई प्रयोग गरिने ओखतीहरुको कारण ज्यादा तापक्रम हुनेहरुलाई मस्तिष्कमा प्रभाव परेर यस्ता मानिसहरुले होस गुमाउन थाल्दछन् । शल्यक्रिया  गराउँदा बेहोस गराउने ओखतीहरुले  कडा किसिमको उच्च तापक्रम गराउन सक्छ । उच्च तापक्रम हुनेहरुका मांशपेशी रुग्ण हुन सक्छन् । कलेजो रोगग्रस्त भएर रगतको ग्लुकोज कम हुनसक्छ । ज्यादा तापक्रमको प्रभावले गर्दा चाँडो चाँडो सास फेर्नुका साथै यस्ता व्यतिmहरुको मुटु पनि तीव्र गतिले चल्न थाल्छ । बढेको तापक्रमको प्रभावले यस्ता व्यतिmहरुको फोक्सोभित्र तरल पदार्थ जम्मा भएर सास फेर्न अप्ठ्यारो हुन्छ । अवाञ्छित मुटुको चालको कारण समयमा उपचार हुन पाएन भने ज्यादा तापक्रमबाट ग्रसित मानिसको मृत्यु हुने सम्भावना हुन्छ । शरीरको तापक्रम बढेर बेहोस भएका मानिसहरुको उपचार गर्न बिरामीलाई गहन कक्षमा भर्ना गनुपर्छ शीराद्वारा ग्लेुकोज सलाइन शुरु गरेर बढेको तापक्रमलाई कम गराउन शरीरलाई मन तातोपानीले छ्यापेर पंखा लगाई दिन्ुपर्छ । काछ र काखी मुनि बरफको थैली राखी दिँदा ठूला धमनीमा भएको रगत चिसो हुन्छ  मांशपेसीहरुमा बरफ लगाएर मसाज गर्दा पनि शरीरको तापक्रम कम हुन्छ ।

धेरै तापक्रमले हुने शरीरको कम्पनलाई नियन्त्रण गर्न शीराद्धारा ओखतीको प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता बिरामीहरुलाई चिसो पारेको अक्सिजन दिन उपयुतm हुन्छ । जीवाणुहरुको संक्ररमणद्धारा आएको ज्वरो कम गर्न पारासिटामोल अथवा आस्पिरिन दिइन्छ  तर यहाँ माथि  उल्लेखित हिटस्ट्रोकमा यी ओखतीहरु त्यति उपयोगी हुँदैनन् । बैज्ञानिकहरुले गरेका एक अनुसन्धन अनुसार हिटस्ट्रोक हुँदा २१.६३ प्रतिशत जति मानिसहरुको मृत्यु भएको पाइएको छ । मानिसहरुका स्वचालित अंगहरुले आफुले गनुपर्ने काम नियमित रुपले गरिरहन तापशतिm अति आवश्यक हुन्छ  तर माथि उल्लेखित विभिन्न कारणले  गर्दा शरीरको ताप ज्यादा भयो भने भयानक स्थिति सिर्जना भएर मानिसहरुको ज्यान  जोखिममा पर्दछ । यसर्थ हिटस्ट्रोकको कोपबाट बच्न खास गरेर बृद्धावस्थाका दीर्घ रोगीहरुले विशेष सतर्कता अपनाउन आवश्यक छ । गर्मीको समयमा घर बाहिर गएर घाममा कडा किसिमको परिश्रम नगर्नु बुद्धिमानी हुन्छ ।  कथम कदाचित हिटस्ट्रोकका लक्षणहरु देखा पर्न थाले भने आफ्नो चिकित्सकसँग सम्पर्क  राख्नुपर्दछ ।

हाम्रो शरीरलाई बाह्य तापक्रमले प्रभाव पार्दछ । शरीरको तापक्रम कम हुन बाहिरको तापक्रम कम हुनुपर्छ । ज्यादा तातोपनले निस्केको पसिना बाहिर आउन नसक्दा छालामा चिलाउने मसिना डावर निस्कन्छन् । जमेको पसिनाको संक्रमणले चर्मरोग हुन्छ । वृद्धावस्थामा गर्मीले गर्दा हात गोडामा सूजन आउन सक्छ । गर्मीले शरीरका रगतका नलीहरु फुलेर रक्तचाप कम हुने संभावना हुन्छ । अचानक रक्तचाप कम  हुँदा मस्तिष्कमा रक्तसञ्चार कम भएर उभिएको ब्यतिm बेहोस हुनसक्छ  । यस्ता मानिसहरुलाई शीराद्वारा नर्मल सलाइन दिएर उपचार गरिन्छ । गर्मीको कारणले रतmचाप कम हँुदा र हात गोडामा सूजन आउँदा यस्ता व्यक्तिहरुलाई चिसो ठाउँमा लगेर उपचार गराउँदा फाइदा हुन्छ । हृदयरोगबाट पीडित बिरामीहरुको गोडाको सुजन कम गराउन पिसाब लगाउने ओखतीहरु प्रयोग गरिन्छ भने गर्मीका कारणले सुन्निएको हात गोडाको उपचारमा पिसाब लगाउने ओखतीहरु उपयुक्त हुँदैनन् ।

गर्मी समयमा शरीरमा पसिना आउनु स्वाभाविक हो । ज्यादा पसिना आउनेहरुको रगतमा नूनको भाग कम भएर पिँडुला फर्केर सहन नसक्ने गरी दुख्न सक्छ । खुम्चिएका मांशपेसीहरुलाई चिसोले मसाज गरेर र शीराद्वारा सलाइन पानी दिएर अथवा नून पानी खान दिएर उपचार गराउँदा दुखेको कम हुन्छ । यस किसिमको प्राथमिक उपचारको ज्ञानले पिँडुला फर्कने रोगको प्रकोपबाट बच्न सकिन्छ । 

बेलायतको ग्लासगो शहरमा उहिले रिकेट रोग बालबालिकाहरुलाई हुने गर्दथ्यो भनिन्छ । घाम नलाग्ने ठाउँका केटाकेटीहरुले आवश्यक मात्रामा भिटामिन डी नपाउँदा क्याल्सियमको कम भएर यो रोग लाग्ने गर्दछ । सानो उमेरमा रिकेट रोग हुँदा नली खुट्टा बांगिने अवस्था प्रौढहरुमा पनि हुने गर्दछ । यसरी नली ख्ट्टा बांगिने रोग ग्लास्गोलेगका नाउँले पनि चिनिन्छ । ज्यादा गर्मी हुँदा मानिसले छिटो छिटो सास फेर्दछ । यसको फलस्वरुप रगतको आम्लपनमा प्रभाव परेर रगतको क्याल्सियमको क्रियाशिलता घटेर क्याल्सियम कम हुने रोग टिटानी हुन्छ । हातका मांशपेसीहरुमा प्रभाव पर्नुका साथै यहाँ उल्लेखित लक्षणहरु ज्यादा गर्मीले पनि गराउन सक्ने कुरा हामीहरुले थाहा पाई  राख्नुपर्छ । यस्तो अवस्थामा प्रभावित व्यतिmलाई ठाउँमा राखेपछि रोगका लक्षणहरु हराएर जान्छन् ।

अमेरिकामा औषधि र खानालाई नियन्त्रण गर्ने संस्था छ । यो संस्थाको स्वीकृति बिना कुनै पनि औषधि र प्रविधि प्रयोग गर्न पाइँदैन । यही संस्थाले स्वीकृति प्रदान गरेको तापशक्ति डण्डीफोरमा प्रयोग गरिने एउटा प्रविधि हो । तापशतिmको प्रयोगले डण्डीफोर निको गराउने प्रविधिकै आधारमा डण्डीफोर निस्केको ठाउँमा तातो पानीमा भिजाएको रुमालले सेक्ने चलन हाम्रो देशमा पनि प्रचलित छ । विभिन्न तरिकाले तापशक्तिलाई प्रयोग गर्दा दुखेको निको हुन्छ ।

अन्त्यमा भन्नु पर्दा तापशक्तिका धेरै गुणहरु हुन्छन् भने यसका स्वास्थ्यमा पर्ने केही नराम्रा प्रभावहरु पनि नभएका होइनन् । तापशक्ति सम्बन्धि ज्ञानले यसका नराम्रा प्रभावहरुबाट बचाउनुका साथै यसका गुणहरुको सदुपयोगले मानिसको जीवनमा खुशीयाली ल्याउन पनि मद्दत गर्छ  ।

 

(प्रा.डा.डम्बरबहादुर कार्कीद्वारा लिखित स्वास्थ्य सम्बन्धि मेरा अनुभवका कथाहरु नमक पुस्तकबाट)

Last modified on 2019-06-11 12:16:47

gch_ivf samyog_advertisement bathrog

Leave a Comment

NIdan Hospital tuberculosis

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts