सिन्धुली अस्पतालमा कार्यरत डा.ढकालमाथि दुव्र्यवहार, दोषिलाई कारवाहि गर्न एनएमएको माग 



Download our app to get more features

काठमाडौं,२८ जेठ । सिन्धुली अस्पतालको आकस्मिक कक्षमा कार्यरत नेपाल चिकित्सक संघ(एनएमए)का आजीवन सदस्य डा. दिवस ढकालमाथि शारिरिक हमला भएको छ । ढकालमाथि जेठ २७ गते राती ११ः३० बजे अस्पताल परिसरमैे अभद्र व्यवहार, गाली गलौज तथा शारीरिक हमला गरिएको एनएमएले जनाएको छ । 

सेवामा कार्यरत चिकित्सकमाथी बिना कुनै कारण गाली गलौज, शारीरिक हातपात जस्ता निन्दनीय क्रियाकलापले समग्र स्वास्थ्य संस्थाको वातावरणलाई नै खलल पु¥याइएकोमा नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

एनएमएले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाको शान्तिपूर्ण वातावरणलाई अपराधिक क्रियाकलापका कारण बारम्बार असहजता प्रदान गर्ने घटनाक्रमले चिकित्सक तथा स्वास्थ्यकर्मी र नागरिकहरुलाई समेत गम्भिर असर पुग्ने भन्दै दोषीलाई कारवाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । 

 

प्रेस विज्ञप्ति

 

Last modified on 2019-06-13 12:17:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts