मैले देखेको वीर अस्पताल, मैले भोगेको वीर अस्पताल


Download our app to get more features
Spark_health_home Birat Hospital

कुरा आजभन्दा झन्डै दुई महिना अघिको हो । वैशाखको सुरु तिरै मलाई पेटमा समस्या भयो । हुन त समस्या पहिलेदेखि नै देखिएपनि आफैले बेवास्ता गरियो । हुन त हामी नेपालीको प्रायः बानी नै छ, समस्या सामान्य होस् वा जटिल समयमै अस्पताल वा चिकित्सककोमा जान चाहाँदनौ । तर, जब समस्या बल्झिन थाल्छ अनि मात्रै अस्पताल पुग्छौं । 

त्यहि बानीको बिकास मेरोमा पनि भयो र म पनि आफै निको हुन्छ किन जानु अस्पताल भनेर कुरेर बसें ।

vayoda

bp_ad

जब समस्याले विस्तारै ठूलो रुप लिन थाल्यो भन्ने आभास भयो अनिमात्र अब अस्पताल नगई नहुने भयो र अस्पताल जाने निर्णय गरें । तर, अस्पतालै जाँदा पनि कुन अस्पताल जानु भनेर मनमा गन्थन मन्थन चलिरहेको थियो । अन्तिममा मुलुककै सबैभन्दा पुरानो वीर अस्पताल जाने भइयो । मुलुककै सबैभन्दा ठूलो अस्पतालमा उपचार गराउँदाको आफ्नो अनुभव पनि बटुलियो ।

प्रायः अस्पताल पुगेका बिरामीले भोगेको सास्ती र उनीहरुले पाएका दुःखका कुरा लेख्ने बानी भएको मलाई भने आफ्नै उपचारको बेला कस्तो हुँदो रैछ भनेर अनुभव लिने कौतुहलता जागेको थियो । 

अरुको उपचारको लागि अस्पताल गइन्थ्यो तर आफ्नो उपचार गराउन भने म पहिलो पटक अस्पताल जाँदै थिएँ । वैशाखको ६ गते शुक्रबार उपचारका लागि म बिहानको करिब साढे ९ बजे वीर अस्पताल पुगें । वीर अस्पतालमा महिलाका लागि एउटा राम्रो व्यवस्था गरिएको छ । के भनेदेखि स्त्री रागेको उपचारको लागि ओपीडीमा लाइन बसेर टिकट लिनुपर्दैन । तर, अस्पताल पुगेका अधिकांश नयाँ बिरामीलाई यो कुरा थाहा छ भन्ने मलाई लागेन । 

अस्पताल आएका बिरामीहरु अस्पताल परिसरमा पुग्नुभन्दा पहिले नै टिकट काउन्टर खोज्न थाल्छन् । र टिकट काउन्टरमा पुग्छन् पनि । वीर अस्पतालमा पनि सँधै डाक्टरको ओपीडी कक्षमा गएर नाम टिपाएर उपचार गर्न पाइन्छ । विडम्बना, अस्पताल जाने सबैलाई यो थाहा नै छैन । म करीब १० मिनेट जति टिकट काउन्टरमा रहँदा कति दिदिबहिनी र आमाहरु यँहा टिकट लिनै नपर्ने रहेछ लाइन बसेर समयमात्र गयो भन्दै निस्कुनु भयो । उँहाहरुलाई लाइन बस्नु नपर्ने कुरा त्यति बेलामात्र थाहा भयो जब अस्पतालका कर्मचारीले के को उपचारका लागि आएको सोधे र उत्तर आयो स्त्री रोग सम्बन्धी । कर्मचारीले जवाफ फर्काए स्त्री रोगको लागि यहाँ टिकट काट्नु पर्दैन । सिधै गएर ओपिडीमा नाम टिपाउने र उपचार गराउने हो । यो कुरा थाहा पाउञ्जेल झन्डै डेढ दुई घण्टा बितिसकेको थियो । उनीहरु त्यहि समय अस्पतालको टिकट काउन्टरमै थिए । 

यो त अस्पतालमा बिरामीले सहि समयमा सहि सूचना नपाउँदा पाएको सास्ती नै हो ।

मैले उहाँहरुको कुरा सुनेपछि ओपीडी काउन्टरको वरपर आँखा डुलाए तर कतै पनि यसबारे सुचनाहरु टाँसिएको थिएन । 

म भन्दा केहि समय अगाडि अस्पताल पुगेकाहरु थाहा नपाएर दोहोरो कुराइमा बसिरहेका थिए । भने मैले जाने वित्तिकै आफ्नो नाम ओपीडीमा टिपाएको हुनाले म भन्दा पहिले अस्पताल पुगेकाहरु ओपीडी कक्षमा म भन्दा ७÷८ जना पछाडि पालोमा पर्नुभयो । मलाई उहाँहरुलाई एउटा अस्पताल आएको बिरामीको नाताले केहि कुरा सोध्न मन लागेको थियो तर सम्भव भने भएन । 

यतिसम्म त आँखाले देखेको कुरा बताए अब भने मैले भोगेको कुरा गरौं । 

ओपीडीमा उपचारका लागि मैले डाक्टरलाई भेटें । आफूलाई भएको समस्याको बारेमा सुनाएँ । मेरो कुरा सुनिसकेपछि डाक्टरले मलाई एक पटक भिडियो एक्स रे गर्नुपर्छ भनेर सल्लाह दिए । मलाई स्मरण छ अझै म शुक्रबारको दिन अस्पताल पुगेको थिए । डाक्टरले मलाई सोमबार रिपोर्ट लिएर सोमबार आउन भन्नुभयो । डाक्टरको सल्लाह अनुसार मेरो समस्या पत्ता लगाउन र औषधिको लागि भिडियो एक्सरे आवश्यक थियो । डाक्टरले मलाई सोमबार भिडियोको रिपोर्ट लिएर आउन भनेर सुझाइएको थियो । 

ओपीडी कक्षबाट बाहिरिएर म सिधै भिडियोको लागि समय लिन अस्पतालकै भिडियो गर्ने कक्षमा गए । भिडियो एक्स रे गर्ने ठाउँमा पुग्दा मैले त्यहाँको कर्मचारीलाई सोधें भिडियो एक्स रे गर्नुछ कहिले हुन्छ ? 
कर्मचारीको जवाफ आउँछ पहिले भिडियो एक्सरे बापतको शुल्क तिरेर आउनुस् । 

त्यसपछि ठिकै छ पहिला पैसा तिरौं अनि भिडियो एक्सरे गराउँला भनेर म शुल्क तिर्न काउन्टरमा गए । 

भिडियो एक्स रे बापतको ४ सय शुल्क तिरियो । अब समय लिन फेरि भिडियो एक्स रे कक्षमा जानु पर्यो भन्दै मेरा खुट्टा उतैतिर लम्किए । 

समय लिन जाँदा ती कर्मचारीले मेरो हातको पैसा तिरेको पुर्जा मागे र स्टाम्प लगाउँदै मंगलबार आउने मिति लेखिदिए । मैले त्यो पुर्जा हेरे त्यसमा मलाई डाक्टरले रिपोर्ट लिएर आउन भनेको एक दिन पछाडिको मिति रहेछ । जबकी मलाई सोमबार तपाईं रिपोर्ट लिएर आउनुस् भनेर भन्नुभएको थियो । 

मैले ती कर्मचारीलाई तत्काल प्रतिकृया दिएँ । ‘मलाई डाक्टरले सोमबार नै रिपोर्ट लिएर आउन भन्नुभएको छ मलाई सोमबार नै मिलाइदिनुस् ।’ 

यसो भनिरहदाँ ती कर्मचारीले अगाडी समय मिल्दैन भन्दै डाक्टरले भनेको दिन र यो दिन एउटै हो भन्नसम्म भ्याए । उनले आफू अनुकुल नै मलाई समय दिन खोज्दै थिए । तर, मैले मैले होइन भनेर जिद्दी गरिरहेपछि उनी क्यालेण्डर पल्टाउन थाले । क्यालेन्डर पल्टाउँदै गर्दा उनले मलाई कन्भिन्स गराउँदै भने मंगलबार भन्दा अगाडि त पालो नै छैन । बरु मंगलबार नै आउनुस चाँडै हुन्छ । 

उनको कुरा सुनेर एकछिन रिस उठ्यो । सोचें शुक्रबार र सोमबारमात्रै स्त्री रोग सम्बन्धी ओपीडी सेवा सञ्चालनमा रहने यस अस्पतालमा मंगलबार भिडियो एक्स रे गरेर चार दिनपछि फेरि आउनु र ? 
सोच्न थाले रोगले च्याप्दै गएको छ । अर्काे तिर अस्पतालबाट सेवा लिनका लागि शुल्क तिरिसकेको छु । अब निजी गएर दोब्बर शुल्क तिरौं की पाँच दिन अझै कुरेर रोग बल्झिन दिउँ ?

भिडियो एक्स रे गर्नु छ भनेर जति बेला मैले सोधे त्यहि बेला ती कर्मचारीले मंगलबार भन्दा पहिले पालो नै आउँदैन भनेर भएको भए म शुल्क पछि तिर्थें वा अन्य अस्पतालमा जान्थे । तर, त्यो भएन ।

तिनै गन्थनमन्थनका साथ म निराश भएर घरतिर फर्कें । आखिर पैसा तिरी सकियो । रोगपनि लागिसक्यो बरु अब यहि आउँछु भन्ने भयो ।

यसबाट के देखिन्छ भने, मुलुकको सबैभन्दा ठूलो अस्पताल वीरमा कर्मचारीमा बिरामीलाई झुक्याउने र अस्पतालमै आउनुपर्ने बाध्य बनाइने बानीको विकासले बिरामीको रोग बल्झिने सम्भावना हुन्छ । प्रष्ट बोल्न र सही जानकारी नगराउँदा बिरामीहरु आफ्नो रोग लिएर बस्नुपर्ने अवस्था पनि छ । मानौं ती ५ दिनमा मैले उपचार नपाएर यदि केहि अप्रिय भइदिएको भए त्यसको जिम्मेवारी कसले लिने ?
 

Last modified on 2019-06-13 12:17:09

samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts