भक्तपुर अस्पतालका अस्थायी कर्मचारी आन्दोलनमा



Download our app to get more features

काठमाडौं, २९ जेठ । भक्तपुर अस्पतालमा कार्यरत अस्थायी कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । 

विगत लामो समयदेखि आफुहरुले खाइपाइ आएको सेवा सुविधा कटौती गरेको भन्दै भक्तपुर अस्पतालमा कार्यरत अस्थायी कर्मचारीहरु आन्दोलित भएका हुन् । 

कर्मचारीहरुले विरोध स्वरुप हातमा कालो पट्टी बाधि आन्दोलन गरेका थिए । विगत लामो समयदेखि आफुहरुका मागहरु सम्बोधन गर्न अस्पताल प्रशासन, अस्पताल प्रमुख र अस्पतालका अन्य निकायहरुमा जानकारी दिए पनि कुनै सुनुवाइ नभएका कारण आफुहरु आन्दोलनमा उत्रिएको कर्मचारीहरुको भनाइ छ । 

विघटित विकास समितिले दिदै आएको कल्याणकारी कोषको १० प्रतिशत, महंगी भत्ता, विदा र ग्रेड विना निर्णय मौखिक आधारमै सम्पूर्ण सेवा सुविधा कटौंती गरेकाले आन्दोलन गर्नु परेको उनीहरुको भनाइ छ । 

भक्तपुर अस्पताल प्रमुख मेसु सुधा देवकोटाले आफुले कुनै कमी कमजोरी नगरेको बताइन् । उनले प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले पठाएको पत्रका आधारमा सबै सुविधा काटिएको बताइनन् । देवकोटाले आफुले चाहेर पनि समस्या समाधान गर्न नसक्ने उल्लेख गरिन् ।

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले विकास समितिका कर्मचारीहरुको माग सम्बोधन गर्न विकास समिति सकारात्मक रहेको बताए । 

अस्पताल प्रशासन, अस्पताल विकास समिति, र आन्दोलनकारी कर्मचारीहरुकाबीच भएको वार्ता समेत विना निष्कर्ष टुंगिएको छ । आफुहरुका माग पुरा नभए सम्म आन्दोलन जारी रहने कर्मचारीहरुको भनाइ छ ।
 

Last modified on 2019-06-13 12:17:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts