राप्ती आयुर्वेद अस्पातलको अवस्था दयनीय, उपकरण र औषधि अभाव



Download our app to get more features

दाङ, ३० जेठ । राप्ती आयुर्बेद अस्पातलको अवस्था दयनीय बनेको छ ।

स्तरउन्नती भएको राप्ती आयुर्वेद अस्पतालमा उपकरण र औषधि अभावका कारण बिरामीहरु उपचार पाउनबाट बञ्चित भएका छन् ।

दाङको तुलसीपुर ९ दोघरेमा रहेको अस्पातलमा पर्याप्त बेड, औषधि र उपकरण अभाव र चिकित्सक नहुँदा बिरामीहरु उपचार बिनै घर फर्कन बाध्य छन् । 

उपचार गराउन आएका बिरामीहरु उपचार पश्चात औषधि किन्न अस्पताल बाहिर गएर किन्न बाध्य छन् । २ महिनाअघि स्वास्थ्य सेवा विभागले पठाएको ८ कार्टुन औषधि गाडिको भाडा तिर्न नसक्दा बुटवलमा थन्किएको छ । भाडाको सहयोगका लागि तुलसीपुर उपमहानगरपालिकासँग गुहार मागेको सुनुवाइ नभएको अस्पताल स्रातेले जनाएको छ । 

गत वर्षको मंसीरदेखी चिकित्सालयमा ल्याब सेवा शुरु गरिएको भएपनि केमिकल र भौतिक संरचनाको अभावका कारणपनि समस्या हुने गरेको । 

केही दिन पहिले तुलसीपुर उपमहानगरपालिकाले १ हप्ता सम्मलाई पुग्ने औषधि उपलब्ध गराएको भएपनि बिरामीहरुको संख्या बढ्दै गएकाले औषधि अभावको समस्या कायमै छ । 

२००६ सालमा आयुर्बेद केन्द्रको रुपमा स्थापना भएको चिकित्सालयमा १ जना चिकित्सक, एक जना कविराज, एक न.जना वैद्य, एक जना लेखापाल, ल्याब टेक्नीसियन १ जना करारमा कार्यरत छन् । 

स्थानिय तह मातहतमा रहेको चिकित्सालयलाई तुलसीपुर उपमहानगरपालिकाले बजेटको आश्वसान दिँदै आएपनि त्यो पुरा भने गर्न नसकेको अस्पतालका निमित्त कार्यालय प्रमुख डा. आश्मा केसीले बताइन् ।

यता तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख गोकर्ण दाहालले उक्त अस्पतालको लागी नगरपालिकाले सहयोग गर्दै आएको बताए । तर, अस्पताल प्रदेश सरकारको मातहतमा रहेकाले त्यहाको समस्या प्रदेश सरकारले समाधान गर्नुपर्ने उनको भनाई छ । 
 

Last modified on 2019-06-14 07:05:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts