विश्व रक्तदाता दिवस

कूल जनसंख्याको २ प्रतिशतले रक्तदान गरे मागअनुसार पुग्ने

'सुरक्षित रगत सबैका लागि' नारासहितको प्रभातफेरी (फोटोफिचर)



Download our app to get more features


काठमाडौं, ३१ जेठ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर आज ‘विश्व रक्तदाता दिवस’मनाइदैछ ।  विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रक्तदाता दिवसका अवसरमा  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रक्तदान सहितको कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालका निर्देशक रुणा झाले  अरुको जिवन बचाउने उद्देश्यले रक्तदान गर्ने सम्पूर्ण रक्तादाता नै कार्यक्रमको अतिथि रहेको बताइन् ।

उनले नेपालको कुल जनसंख्याको २ प्रतिशतले निरन्तर रक्तदान गरे मागअनुसारको रगत परिपूर्ति गर्न सकिने तथ्याङ उल्लेख गरिन् ।

उनले रक्तदान १८ वर्ष उमेरदेखि ६५ वर्ष उमेर समूहका सबै स्वस्थ व्यक्तिले तीन–तीन महिनामा गर्न सक्ने  बताइन् ।

एक पोका रगतले तीन जनाको जीवन बच्न सक्ने भन्दै निर्देशक झाले निरन्तर एक व्यक्तिको रक्तदानबाट १२ जनाको जिवन बचाउन सकिने बताइन् ।

प्रयोगशालाको तथ्याङकअनुसार चालू आर्थिक वर्षमा २ लाख ६२ हजार ४ सय  ३९ जना रक्तदाता छन् । यसैगरी तीन लाख ४४ हजार ९ सय ३३ जानमा रगत वितरण गरिएको तथ्याङमा उल्लेख छ । 

परिवार नियन्त्रण महाशाखाका महानिर्देशक आर.पी विच्छले रक्तदान गनेर अरुको जीवन बचाउनु पुण्य कमाउनु भन्दै उमेर पुगेका स्वस्थ व्यक्तिलाई रक्तदान गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीलगायत वर्षौदेखि रक्तदानको कार्यक्रम आयोजना गर्दै आएका विभिन्न संगठनसमेको उपस्थिती रहेको थियो । प्रयोगशालाले ‘विश्व रक्तदाता दिवस २०१९’को कार्यक्रमसहित रक्तदानको कार्यक्रम समेत आयोजना गरेको छ  । 

 

‘सुरक्षित रगत सबैका लागि’ नारासहितको प्रभातफेरी 

यससँगै  प्रयोगशालाले शुक्रबार रक्तदानको महत्वबारे जानकारी दिने उद्देश्यले प्रभातभेरीको आयोजना समेत गरेको छ ।

‘सुरक्षित रगत सबैका लागि’ नारासाहितको प्रभातफेरी प्रयोगशालको कार्यालय टेकुदेखि शुरु भएर त्रिपुरेश्वर, थापाथली, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, भद्रकाली, त्रिपुरेश्वर हुँदै पुन प्रयोगशालकै प्राङगणमा आएर टुंगिएको थियो ।

सय जना भन्दा बढीको सहभागि रहेको प्रभातफेरी बिहान ७ः३० बाट सुरु भएर ८ः४५ मा सम्पन्न भएको थियो ।

रगतको महत्व बुझाउदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता स्वरुप एक नायक अभियानका रुपमा हरेक वर्ष आजको दिन यो दिवस मनाउने गरिन्छ । रक्तदानको आवश्यकताबारे जागरुकता बढाउन यो दिवस मनाइन्छ ।

यस दिवसले नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरुलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउँदछ । रगतको आवश्यकतालाई परिपुर्ति गर्ने रक्तदाताहरुको कदर स्वरुप नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन आयोजना गरिएको थियो ।

Last modified on 2019-06-15 14:35:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts