बिरामीलाई नि:शुल्क रगत दिने व्यवस्था मिलाउन सरकारसँग माग



Download our app to get more features

काठमाडौं, ३१ जेठ । बिरामीलाई आवश्यक पर्ने रगत सरकारले निशुल्क उपलब्ध गराउन नेपाल स्वयंसेवी रक्तदाता समाजले माग गरेको छ ।

विश्व रक्तदाता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले सरकारले यसमा जोड दिनुपर्ने बताए । हालसम्म कर्मार्चायले एक सय ५७ पटक रक्तदान गरिसकेका छन् । तर दाताबाट प्राप्त रगत किन्न बिरामी बाध्य भइरहेको बताए । साथै समाजले सरकारले ७५ वर्ष माथिका बृद्धबृद्धालाई निशुल्क रगत वितरण गरिरहेको पनि जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका स्वास्थ्य तथा जनसंखया राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवले पनि रक्तदान गर्दा दातालाई कुनै असर नहुने र कसैको ज्यान बच्ने हुँदा सबैलाई रक्तदान गर्न आग्रह गरे । रक्तदान गर्दा कसैको पनि शरीर कमजोर नहुनेबारे सबैलाई बुझाउन आवश्यक रहेको डा.सुवास प्याकुरेलले बताए । उनले मानिसको शरीरमा भएको रगत भाडामा राखेको पानी नभएर कुवाको पानी हो, जति झिक्याे त्यति नै आउने भन्दै सबैलाई रक्तदान गर्न आग्रह गरे ।

यसैगरी समाजले हाम्रो रगत भन्ने पुस्तकको विमोचन समेत गरेको छ ।

Last modified on 2019-06-15 14:35:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts