ब्लु क्रसले भित्र्यायो न्यूरो सम्बन्धी जाँचका लागि अत्याधुनिक मेशिन



Download our app to get more features

काठमाडौं, ३२ जेठ । ब्लु क्रस हस्पिटलले न्यूरो सम्बन्धी जाँचका लागि अत्याधुनिक उपकरण भित्र्याएको छ । 

शुक्रबार आयोजित एक कार्यक्रममा अस्पतालले भित्र्याएको उपकरणबाट अब न्यूरो सम्बन्धी जस्तो सुकै शल्यक्रिया नेपालमै हुन सक्ने भन्दै विदेश जानु पर्ने बाध्यताको अन्त्य भएको जानकारी गराइएको थियो । 

उक्त मेशिनको सहयोगलले न्यूरो विशेषज्ञ डाक्टरहरु, नाक, कान, घाँटी विशेषज्ञ तथा अर्थोपेडिक डाक्टरहरुलाई जटिल शल्यक्रिया सहज रुपमा गर्न सहज हुने हस्पिटलका सञ्चालनक समितिका सदस्य सचिव रजत श्रेष्ठले बताए ।

काठमाडौंको त्रिपुरेश्वरमा सञ्चालित यस हस्पिटलले लामो समयदेखि विभिन्न प्रकारका रोगको अत्याधुनिक मेशिनबाट उपचार सेवा प्रदान गर्दै आएको र आगामी दिनमा अन्य जटिल रोगको उपचारपनि गर्ने तयारी रहेको हस्पिटलका प्रशासकिय तथा प्रबन्धक सती देवी गौतमले बताइन् ।


 

Last modified on 2019-06-16 20:39:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts