विषालु च्याउ खाँएर बिरामी भएका ६ जनाको उपचारको क्रममा मृत्यु



Download our app to get more features

बीबीसी, ३२ जेठ । विषालु च्याउ खाँदा पाल्पा जिल्लाको एउटा गाउँका पाँच बालबालिकासहित छ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

पूर्वी पाल्पास्थित निश्दीका गाउँलेहरूले गत हप्ता नजिकै रहेको जङ्गलबाट च्याउ ल्याएर खाएका थिए ।

जङ्गली च्याउ खाएर अशक्त भएका छ जनाको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

नेपालमा विषालु च्याउ खाएर प्रत्येक वर्ष मानिसहरूको ज्यान जाने गरेको छ ।

जङ्गली च्याउ खाद्य वा अखाद्य भएको छुट्याउन नसक्दा दुर्घटना हुने गरेको बताइन्छ ।

केही जङ्गली च्याउमा हुने विषालु पदार्थहरूले मानिसको कलेजो, मिर्गौला र मस्तिष्कमा असर पुर्याउने विज्ञहरू बताउँछन् ।

जङ्गली च्याउका जोखिम
सबै जङ्गली च्याउ विषालु हुँदैनन्, चिन्न सके केही खान मिल्छ
तर अखाद्य च्याउले पेट बिगारिदिन सक्छ । त्यसबाट वाकवाक लाग्ने, बान्ता हुने, पेट काट्ने र पखाला लाग्ने हुन सक्छ
विषालु च्याउ खाँदा कलेजो र मिर्गौलाले काम नगर्ने पनि हुनसक्छ
नचिनेको जातको च्याउ खानुहुँदैन
 

Last modified on 2019-06-15 17:07:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts