डडेलधुरा अस्पतालमा सुत्केरीको मृत्यु हुँदा तनाव, घटनाको छानविन गरिने



Download our app to get more features

डडेलधुरा, ३२ जेठ । डडेलधरा अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् ।

जिल्लाको अमरगढी नगरपालिका–६ का २६ वर्षीया गीता ताम्राकारको मृत्यु चिकित्सकको लापरबाहीले भएको भन्दै आफन्तले अस्पतालमा प्रदर्शन गरेका हुन् ।

धर्मराज ताम्राकारकी श्रीमती गीताको सुत्केरी हुने क्रममा रक्तश्राव नरोकिएपछि शुक्रबार परिवारले अस्पताल भर्ना गराएका थिए । तर, अस्पतालले अन्तै रेफर गरेको थियो । शल्यक्रिया गर्ने समय नै चिकित्सकले लापरबाही गरेको र समस्या बल्झिँदै जाँदा रेफर गर्दा उनको मृत्यु भएको परिवारको आरोप छ । 

यता, अस्पतालले भने आफन्तको दावी गलत भएको बताएको छ । गीतालाई ८ पाउण्ड रगत दिएर रेफर गरिसकेको अवस्थामा उनको ज्यान गएकाले अस्पतालको लापरवाही भन्नु जायज नभएको अस्पताल प्रशासनको दावी छ ।

सुत्केरीको मृत्यु भएपनि शिशु भने शकुशल रहेको छ ।

आक्रोसित आफन्तले अस्पताल परिसरमा ढुंगामुढा गर्दा अस्पतालमा आंशिक क्षति समेत भएको छ ।

यसैबीच प्रहरी, अस्पताल प्रशासन र पीडित पक्षबीच घटनाबारे छानबीन गरि दोषीलाई कारबाही गरिने सहमति भएको छ ।
 

Last modified on 2019-06-15 17:07:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts