गर्भवती महिलाहरुलाई पोषण झोला तथा अभिमुखीकरण तालिम 



Download our app to get more features


काठमाडौं, ३२ जेठ । रुपन्देहीको पडसरी स्वास्थ्य चौकीमा ४,६,८ र ९ महिनामा  गर्भ जाँच गराएका गर्भबती महिलाहरुलाई  पोषण झोला  तथा तिन दिने अभिमुखीकरण तालिम दिइएको छ । 

बच्चा जन्मेपछि कुपोषण हुनबाट बचाउने उद्देश्यले तालिम दिइएको  हो।

ओमसतिया गाउँपालिका  बडा नं २ का  वडा अध्यक्ष ज्ञानेश श्रेष्ठको प्रमुख आतिथ्य गाउँपालिका स्वास्थ्य संयोजक राम प्रसाद भट्राईको बिशिष्ठ आतिथ्य तथा पडसरी स्वास्थ्य चौकीका प्रमुख  हंसराज दौल्यालको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो । 

तालिममा बोल्दै  वडा अध्यक्ष श्रेष्ठले बालबालिकालाई कुपोषण हुनबाट बचाउनको लागी  यो तालिम उपलब्धिमुलक रहने बताए ।

तिन दिनसम्म चलेको तालिमबाट सहभागी गर्भवती  महिलाहरुले तालिम उपलब्धिमुलक रहेको बताए ।

तालिमको संञ्चालन कमला भन्डारी र शुसिला ढकालले गरेका थिए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts