गर्मीयाममा महामारीको जोखिम



Download our app to get more features

गर्मीयाम लागेसँगै विभिन्न सरुवा रोगहरुको संक्रमणबारे समाचार आइरहेका छन् । गर्मी महिनामा मुख्यतः पानीबाट सर्ने सरुवा रोग तथा लामखुट्टेको टोकाइबाट सर्ने रोग बढी देखिने गर्छ ।

यी रोगहरुबाट बच्नलाई सबैले सावधानी अपनाउन जरुरी छ । 

यी हुन् बढी देखिने रोग 

गर्मी महिनामा खानेकुराहरु चाँडै गल्ने र सड्ने हुनाले फोहोर र संक्रमित खानाबाट रोगका कीटाणु मानिसमा फैलिन सक्छ । साथै प्रदुषित पानीबाट झाडापखाला, हैजा, आउँ आदि रोग सर्ने सम्भावना बढी हुन्छ । 

गर्मी महिनामा लामखुट्टेको प्रभाव बढ्ने हुनाले यसको टोकाइबाट मलेरिया, डेंगु, जापनिज इन्सेफ्लाइटिस आदि सर्ने सम्भावना हुन्छ । 
सर्ने माध्यम
पानीजन्य रोगहरु दूषित खानेपानी, सडेगलेको तथा झिँगा भन्केका खानेकुरा तथा प्रदुषित पानीबाट सर्ने गर्छ । लामखुट्टेको टोकाइबाट मलेरिया डेंगुलगायत रोग सर्ने गर्छन् ।

विशेषगरी बच्चा र वृद्धवद्धामा रोगसँग लड्ने क्षमता कम भएका कारण संक्रमित हुने सम्भावना बढी हुन्छ । 
 

रोगका लक्षणहरु
झाडापखाला, हैजालगायत पानीजन्य रोगबाट सर्ने रोगमा निम्न लक्षणहरु देखिन्छन्ः
दिनको पाँटकभन्दा बढी पातलो दिसा हुने 
तारान्तर बान्ता हुने
आलस्य तथा कमजोर हुने
आँखा गड्ने
तिर्खा लाग्ने
दिसामा रगत देखिने 
पेट दुख्ने
मुख सुक्ने
लामखुट्टेबाट सर्ने रोगहरुमा निम्न लक्षणहरु देखिन सक्छः
निरन्तर ज्वरो आउने
टाउको दुख्ने
कमजोर हुने मांसपेशीहरु दुख्ने
खान मन नलाग्ने
माथिका लक्षणहरु देखिएमा तुरुन्त अस्पताल गई परीक्षण गराइहाल्नुपर्छ । यस्तो रोगहरु एकजनालाई लागेपछि नजिकैको घरपरिवार वा सँगै बस्नेलाई पनि सर्ने सम्भावना भएका कारण जतिसक्दो चाँडो रोग पहिल्याएर उपचार गर्नुपर्छ । 

बच्ने तरिका
गर्मीयाममा हुने महामारबाट बच्न हामी सबैले विशेष सावधानी अपनाउन जरुरी छ । सानो हेलचेक्राइँले पनि ठूलो समस्या निम्ताउन सक्छ । 

सकेसम्म झिँगा भन्केको, नछोपी राखेको, बासी र सडेगलेको खानेकुरा नखाने

साबुनपानीले हात धोएर मात्र खानेकुरा खाने 

सधैँ उमालेको, फिल्टर वा सोडिस गरेको शुद्ध पानी मात्र पिउने । घरबाहिरबाट आएपछि, शौचालय गएपछि साबुनपानीले राम्ररी हातखुट्टा धुने 

फलफूललाइ सफा पानीले धोएर मात्रै खाने

खानेकुरालाई राम्ररी छोपेर राख्ने सकेसम्म ताजा खाना खाने

घरवरिपरिका खाल्डाखुल्डी, लामखुट्टे बस्ने ठाउँ पुर्ने र वातावरण सफा राख्ने । 

झुल, लामखुट्टे धपाउने धुप आदिको प्रयोग गर्ने र सकेसम्म लामखुट्टेको टोकाइबाट बच्ने  

Last modified on 2019-06-16 14:17:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts