बढ्दो तापक्रमका कारण देशभरमा जनजीवन प्रभावित

गर्मी बढेसँगै अस्पताल आउने बिरामीको सङ्ख्या पनि बढ्यो



Download our app to get more features

काठमाडौं, १ असार । बढ्दो तापक्रमका कारण देशभरमा जनजीवन प्रभावित बनेको छ ।

चर्को घाम र उच्च तापमानका कारण काठमाडौं उपत्यका सहित तराईका जिल्लाको जनजीवन बढी प्रभावित बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाले विभिन्न जिल्लामा मापन गरेको तापक्रम अनुसार अधिकतम् तापक्रम ४३ डिग्री नाघेको छ । शनिबार नेपालगन्ज र दिपायलको अधिकतम् तापक्रम ४३ डिग्री तथा भैरहवाको अधिकतम् तापक्रम ४३.३ डिग्री सेल्सियस मापन भएको छ ।

शनिबार काठमाडौंको अधिकतम् तापक्रम ३३ डिग्री र न्यूनतम् तापक्रम १९.४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।

तराईका जनकपुर, सर्लाही, बारा, पर्सा, मोरङ सहितका जिल्लामा बढ्दो तापक्रमका कारण जनजीवन अझ बढि प्रभावित बनेको छ । बढ्दो गर्मीसँगै चल्ने तातो हावाका कारण अस्पतालमा बिरामीको संख्या  पनि बढ्न थालेको छ । गर्मीका कारण बालबालिका, वृद्धवृद्धा र मजदुर बढी प्रभावित भएका छन् ।

गर्मी बढेसँगै श्वास–प्रश्वासमा समस्या, झाडापखाला, फुड प्वाजिनिङ, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्यासमेत देखिन थालेको छ । 

यता पूर्व तराईमा देखिएको डेंगु सर्न सक्ने भन्दै अस्पताल प्रशासनले अस्पताल आउने अन्य बिरामीको उपचारमा सतर्कता अपनाउन निर्देशन दिएको छ । एक महिनापहिले धरानमा देखिएको डेंगु अझै नियन्त्रणमा आउन नसक्दा सचेत रहन स्वास्थ्यकर्मी र सर्वसाधारणलाई चिकित्सकहरुले आग्रह गरेका छन् ।
 

Last modified on 2019-06-16 14:16:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts