जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य परिक्षण गरिदैं 



Download our app to get more features

रुपन्देही, १ असार ।  गुल्मी जिल्लामा ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य परिक्षण गरिदैं छ । प्रदेश नं. ५ सरकारको आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रम अन्तर्गत ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम समावेश भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका कार्यक्रम फोकल व्यक्ति शिशिर सिलवालले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मी मार्फत जिल्लाका १२ वटै स्थानीय तहसंग समन्वय गरि यो कार्यक्रम सञ्चालन गरिने एक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सिलवालले जानकारी दिए ।

 जेष्ठ नागरिकको लागि स्वास्थ्य संस्थाबाट दिईने सेवा आफ्नै घरमा स्वास्थ्यकर्र्मीद्वारा प्रदान गरिने भएको छ । यो कार्यक्रम २०७६ असार महिनाको पहिलो हप्ता भित्र जिल्लाका १२ वटै स्थानीय तह तथा प्रत्येक स्वास्थ्य संस्थामा अभिमुखिकरण कार्यक्रम गरेर असार महिनाको पहिलो हप्ताबाट नै सञ्चालनमा ल्याउने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

 असार महिना भरी नै सञ्चालन हुने यो कार्यक्रममा ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुको घर घरमा पुगेर स्वास्थ्य परिक्षण, जाँच, निदान, उपचार तथा परामर्श दिईने छ । त्यस्तै असार महिनालाई जेष्ठ नागरिकको घर घरमा पुगेर स्वास्थ्य जाँच गरि मनाउने अभियान भएको हेल्थ अधिकृत बोम अर्यालले जानकारी दिए । यो कार्यक्रममा जिल्लामा रहेका प्रत्येक गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्र्मीद्वारा घर घरमा पुगेर सेवा दिईने छ ।

 बढ्दो औषत आयु, बढ्दो जेष्ठ नागरिकको संख्या, उमेरको कारण स्वास्थ्य केन्द्रसम्म जान कठिनाई, सेवाको पहुँच बाहिर, आफ्नो स्वास्थ्य समस्याको बारेमा छिटो जानकारी हाँसिल हुने, विभिन्न नीति तथा कार्यक्रमहरुमा जेष्ठ नागरिकहरुलाई स्वस्थ रहन पाउँने अधिकार स्थापित गर्नको लागि यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यता रहेको अभिमुखिकरण कार्यक्रम स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख महेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन  हे अ अधिकृत बोम अर्यालले गरे ।

 उच्च रक्तचाप सम्बन्धी अभिमुखीकरण कार्यक्रममा डा उत्तम पच्याले जिल्ला स्वास्थ्य संयोजकलाई उच्च रक्तचाप सम्बन्धी अभिमुखीकरण तालिम दिएका थिए ।
 उनले अभिमुखीकरण तालिममा उच्च रक्तचाप सम्बन्धी जोखिमहरु, त्यसलाई कसरी घटाउने र कस्तो अवस्थामा के औषधी कसरी खाने भन्ने विषयमा छलफल, उच्च रक्तचाप भएका व्यक्तिले औषधी नखाँदा हुने जटिलता बारे पनि प्रकाश पारेका थिए ।

 'उच्च रक्तचापमा रक्तचापको संख्या थाहा पाउनु जरुरी छ, यो संख्या थाहा पाएमा औषधी खानु पर्ने कि नपर्ने वा परिवर्तन गर्न सकिने जोखिमलाई घटाएर रक्तचाप नियन्त्रण गर्ने भन्ने थाहा हुन्छ ।' उनले भने–‘परिवर्तन गर्न नसकिने उमेर, आनुवंशिक, जेनेटिक, लिंग परिवर्तन गर्न सकिने मोटोपन, चुरोट पिउने बानी, मानसिक तनाव, धेरै नुनिलो खानेकुरा खानु, शारीरिक निस्कृयता बढी हुनु, अरु दिर्घ हुनु  मधुमेह, मृगौलाको रोग, औषधीः गर्भ निरोधक चक्की, स्टेरोइड, पेन किलर खानु पर्छ।'

 डा. पच्याले भने– ‘डर लाग्दा जटिलता बाट जोगिन औषधी नियमित रुपमा खानु पर्छ । मस्तिष्क पक्षघात हुनु बाट जोगिन, आँखा ज्योति गुम्नु बाट जोगिन, हृदय घात वा मुटु फेल हुनु बाट जोगिन, मृगौला खराब हुनु बाट जोगिन सकिन्छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts