प्रदेश ५ सरकारको बजेट सार्वजनिक, स्वास्थ्यमा ७४ करोड विनियोजन

लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशिष्टिकृत अस्पतालमा रुपान्तरण गरिने



Download our app to get more features

बुटबल, १ असार । प्रदेश ५ को सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि स्वास्थ्य क्षेत्रका लागि ७४ करोड ६३ लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले ल्याएको कुल ३६ अर्व ४१ करोड ६८ लाख रुपैयाँको बजेटको यो २.०७ प्रतिशत हो । आइतबार बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेश गरेका छन्.। 

यस्तो छ बजेटको पूर्ण पाठः

प्रदेश भित्रका स्वास्थ्य संस्थाहरुको क्षमता कमजोर र सेवा गुणस्तरीय नहुँदा प्रदेशका नागरिकहरु स्वास्थ्य सेवाका लागि प्रदेश बाहिर जानुपर्ने अवस्थालाई अन्त्य गर्न स्वास्थ्य उपचारको कारणले गरिवीको दुस्चक्रमा फस्ने, घरखेत बेच्नुपर्ने अवस्थावाट छुट्कारा दिन सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

समयमै उपचारको व्यवस्था गर्ने, विशेष रोगहरुमा निःशुल्क उपचार तथा औषधिको व्यवस्था गर्ने, स्वास्थ्य उपचार र हेरचाह बढी गर्नुपर्ने शिशु तथा बालबालिका, महिला, जेष्ठ नागरिकलगायत लक्षित समूहलाई बढी ध्यान दिने जस्ता कार्यक्रमहरु सञ्चालन गर्नेछन् । 

लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई विशिष्टिकृत अस्पतालमा रुपान्तरण गरी जटिल रोगको उपचार प्रदेशभित्रै उपलब्ध गराउन पूर्वाधार विकास र सेवा सुदृढीकरणमा जोड दिएकोछु । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सि.टि.स्क्यान मेशिन सहितको न्यूरो तथा अर्थोसम्बन्धी विशिष्टिकृत सेवा र राप्ती प्रादेशिक अस्पतालमा एन. आई. सि. यु. सेवा सहितको पेडियाट्रिक विशिष्टिकृत सेवा बिस्तार गरिनेछ । 

समाज परिवर्तनको नेतृत्व गरेका तथा अनुभवी व्यक्तित्वका रुपमा रहेका ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकको सम्मान गर्दै घरमै नियमित स्वास्थ्य परिक्षण गरिने, निः शुल्क औषधि व्यवस्थापन, दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला सेवा विस्तार र बर्थिङ सेन्टरहरुको गुणस्तर सुधारको लागि औजार उपकरण सहयोगको माध्यमद्वारा स्वास्थ्य उपचार गराउने व्यवस्था गरिनेछ । जसका लागि ५ करोड विनियोजन गरिएको छ । 
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधार, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन, आयुर्वेद औषधि खरिद तथा योगाभ्यास भवन निर्माण लगायतका कार्यका लागि ६ करोड ४२ लाख विनियोजन गरेको छ । स्वस्थ जीवनका लागि योगको महत्वलाई स्थापित गर्दै प्रादेशिक आयुर्वेद अस्पतालका साथै राप्ती प्रादेशिक अस्पतालमा र हुँगी स्वास्थ्य केन्द्रमा योगहल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

सबै जिल्ला अस्पतालहरुमा न्यूनतम मापदण्ड कायम गरी रक्तसंचार, अक्सिजन, अपरेशन लगायतका सेवाहरु विस्तार गरिनेछ । ब्लड बैंक नभएका जिल्लामा ब्लड बैंक स्थापनाका लागि स्थानीय तहसँग सहकार्य गरिनेछ । रुकुमपूर्वमा जिल्लास्तरीय अस्पताल यसै आर्थिक वर्षदेखि संचालनमा ल्याइनेछ । जसका लागि ४ करोड बजेट विनियोजन गरिएको छ ।

विशिष्टिकृत सेवा संचालन गर्ने आँखा अस्पताल तथा अन्य सामुदायिक अस्पतालहरु र प्राकृतिक चिकित्सा क्षेत्रमा कार्यरत संघ संस्थाहरुसंग सहकार्य गर्ने नीति लिईनेछ । यसैगरी आँखा अस्पतालहरुको सहकार्यमा निःशुल्क आँखा शल्यकृया शिविरको संचालन गरी दृष्टिविहीनता अन्त्यका लागि कूल ५ करोड ४५ लाख विनियोजन गरेको छ ।

मातृ तथा नवजात शिशु मृत्युदरमा कमी ल्याउन आमा सुरक्षा कार्यक्रममा गुणस्तरीय सुधार तथा स्वास्थ्य संस्थामा जन्मेका प्रत्येक बालबालिकाहरुलाई भिटामिन के उपलब्ध गराउनका लागि २ करोड ५० लाख विनियोजन गरिएको छ ।

प्रादेशिक अस्पतालहरुमा भेन्टिलेटर सहितको एम्वुलेन्स सेवा प्रदान गरिनेछ । एम्बुलेन्स सेवाको सहज उपलब्धताका लागि संचालनमा आएका एम्बुलेन्सको ट्रयाकिङ् गरिनेछ । जोखिममा रहेका गर्भवती, सुत्केरी आमाहरु र दुर्घटनाका घाइतेलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न स्थानीय तहसँग सहकार्य गरिनेछ । स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा कम्तीमा एक एम्बुलेन्सको व्यवस्था मिलाईनेछ ।

आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रको विकास र प्रबर्द्धन कार्यक्रमका लागि ७४ करोड विनियोजन गएिको छु ।
 

Last modified on 2019-06-17 12:55:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts