प्रदेश १ मा स्वास्थ्यका लागि १ अर्ब ७ करोड बजेट विनियोजित

गरिब तथा असहाय परिवारलाई निःशुल्क औषधि



Download our app to get more features

विराटनगर, १ असार । प्रदेश १ सरकारले आगमि आर्थिक वर्ष २०७६/०७७ को लागि १ अर्ब ७ करोड रुपैयाँ बजेट छुटयाएको छ । प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आइतबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा उक्त रकम बिनायोजन गरेको जानकारी दिएका हुन् । 

प्रदेश सरकारले स्वास्थ जीवन कार्यक्रमलाई सबै जिल्लाहरुमा अभियानको रुपमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य प्रवद्र्धधनका लागि प्रदेशका विभिन्न ४ ठाउँमा खुला व्यायमशाला स्थापना गरिनेछ भएको छ । यसका लागि  १ करोड विनियोजन गरेको मन्त्री आङ्बोले जानकारी दिए । 

प्रदेशको १४ वटै जिल्लाको जिल्ला अस्पतालमा चिकित्सकको व्यवस्था गरी सेवाको गुणस्तरीयता वृद्धि गर्दै अस्पतालको रुपमा विकास गरिनेछ । जिल्ला अस्पताल हरुको भौतिक तथा प्राविधिक विकासकालागि ६ करोड छुट्याएको छ । धनकुटामा विभिन्न विशेषज्ञ सेवा सहितको शिक्षण अस्पताल सञ्चालन गर्न ४ करोड विनियोजन गरेको छ । संघीय सरकार  सँगको लागत सहभागितामा प्रदेशस्तरीय अत्याधुनिक स्वास्थ्य प्रयोगशलाको स्थापनाका लागि  ८ करोड ५२ लाख विनियोजन गरेको छ । विपन्न वर्ग तथा असहायलाई जिल्ला अस्पताल एवम् बिभिन्न स्वास्थ्य संस्थाहरु मार्फत निःशुल्क औषधिको व्यवस्था गर्न  ५ करोड विनियोजन गरेको मन्त्री आङबोले बताए । 

जनतालाई घरदैलौमै स्वास्थ्य सेवा पुर्याउन घुम्तीस्वास्थ्य शिविर सञ्चालन गर्न  १ करोड छुट्याएको छ । अस्पतालहरुमा क्यान्सर रोग निदानको  व्यवस्था सुरु गर्नको लागि  १ करोड बजेट व्यवस्था गरेको छ । परम्परागत चिकित्सा पद्धति, आयुर्वेद, होमियोप्याथि, योग तथा प्राकृतिक चिकित्सा आदिको प्रवर्द्धन, एकीकृत व्यवस्थापन र स्तरोन्नति गर्नका लागि बजेट व्यवस्था गरेको छ । आयुर्वेदिक औषधि अन्वेषण, उत्पादन र प्रशोधन गर्ने व्यवस्था गर्न ४ करोड विनियोजन गरेको छ । 

Last modified on 2019-06-20 06:57:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts