लापर्वाही गरे डेंगुले लिन्छ ज्यानः यसरी सावधानी अपनाऔं



Download our app to get more features

अहिले डेंगुको संक्रमण बढेको छ । डेंगुकै कारण धेरैको ज्यान समेत गएको छ । डेंगुको संक्रमण बढी जसो फैलने समय अहिलेको (गर्मीको मौसम) हो । डेंगु कसरी सर्छ र बच्न के गर्ने ?

कन्सल्टेन्ट फिजिसियन डा.खेमराज भुसाल यस्तो सुझाब दिन्छन् ...

डेंगु एडिस एजिप्टाई र एल्वौपेक्टस नामक जातको डेंगु भाइरसद्धारा संक्रमित लामखुट्टेले टोके पछि सर्ने रोग हो । .यो भाइरस डेंगु १,डेंगु २,डेंगु ३ र डेंगु ४  गरि ४ प्रकारको हुन्छ ।

अन्य देशमा डेंगु धेरै पहिलेदेखि देखापरे पनि नेपालमा भने सन् २००४ देखि देखापरेको हो । 

नेपालको सन्दर्भमा डेंगुको संक्रमण बढी हुने समय अहिलेको समयलाई लिइन्छ । सकिदो गर्मी र आउँदो जाडोको समयमा लामखुट्टेहरु बढी सक्रिय हुने हुँदा डेंगुका बिरामी पनि बढेको पाइन्छ ।

 डेंगुका धेरै लक्षण अन्य रोगका लक्षणसंग पनि मिल्ने भएकाले अधिकांश बिरामीले लामो समयसम्म पनि डेंगुलाई ज्वरो आएको मानि यसैको उपचार गरेर बसेको पाइन्छ । जसले गर्दा अन्त्यमा बिरामीको मृत्यू समेत हुने गरेको छ । 

डेंगुका लक्षणहरु निम्न छन्:

एक्कासी अत्याधिक ज्वरो आउनु ।
असाध्यै टाउको दुख्नु ।
हड्डी तथा जोर्नीहरुमा धेरै दुख्नु ।
वाक्वाकी लाग्नु ।
शरीरमा स–साना विविरा आउँनु ।

आँखाको गेडी तथा गेडी तथा आँखा वरीपरीको भाग दुख्नु ।
खाना मन नलाग्नु ।
 पेट दुख्नु ।
जीउ आलस्य हुनु ।
रक्तश्राव हुनका साथै शरीरका विभिन्न ठाँउमा दाँगहरु देखिन, बेहोस हुनु ।
 

डेंगुबाट बच्ने उपाय:
 

डेंगुबाट बच्ने सबै  भन्दा प्रमुख उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो । 

घर वरपर पानी जम्ने खाल्टाखुल्टी पुर्ने । पानी जम्ने भाडाकुडाहरु नराख्ने ।

पानी जमेको ठाउँमा जाँदा वा बस्दा शरीर डाक्ने कपडा लगाउने ।
 पानीको ट्यांकीलाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने ।

यो लामखुट्टेले दिउँसो टोक्ने भएकाले दिउसो सुत्दा पनि झुल भित्र सुत्ने 

डेंगु जुनसुकै उमेर समुहका मानिसलाई लाग्न सक्छ ।

डेंगुको संक्रमण भएका सबैलाई खतरा हुन्छ भन्ने पनि हैन तर पनि दोहोरिएर डेंगु लागेमा बिरामीको मृत्यु समेत हुनसक्छ । त्यसकारण पनि यस्ता लक्षण देखिए तुरुन्त चिकित्सककोमा जानुपर्छ ।

प्रस्तुतीः सर्मिला थापा

Last modified on 2019-06-18 14:14:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts