डेंगु रोगको परीक्षणमा प्रयोग हुने किटमा ठगिंदै बिरामी 

चार सय पर्ने किटलाई १८ देखि २४ सय सम्म 



Download our app to get more features

काठमाडौं, २ असार । डेंगु रोगको परीक्षणमा प्रयोग हुने किटमा बिरामी ठगिदैं आएको पाइएको छ । चार सय पर्ने किटलाई १८ देखि २४ सय सम्म लिएको गुनासो आइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बढी रकम नलिन आग्रह गरेको छ । 
 

पछिल्लो केहि साता यता पूर्वका जिल्लाहरुमा डेंगु नियन्त्रणमा आएको छैन । महामारीको मौका छोपेर अस्पतालहरुले बिरामीलाई ठगी गरेको गुनासो आएपछि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी मुल्य भन्दा बढि रकम लिइएको पाइएमा कालाबजारीको कसुरमा आवश्यक कारबाहि गने जनाएको हो । डेंगु रोगको परीक्षणका लागि प्रयोग हुने उक्त किटको मूल्य चार सय पर्ने पनि मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तर अस्पतालहरुले भने किट १८ सय देखि २४ सय सम्म लिएको गुनासो आएपछि मन्त्रालयले यस्तो ध्यानाकर्षण गराएको हो । साथै मन्त्रालयले सुफथ मुल्यमा किट वितरण गर्न आग्रह गरेको छ ।  


 

Last modified on 2019-06-18 14:13:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts