रेबिज लागेको गाईको दुधबाट बनाएको पञ्चामृत खाएको भन्दै स्थानियबासी पुगे अस्पताल



Download our app to get more features

काठमाडौं,२ असार । रानीवारीका स्थानियबासीहरुको एक हुल नै शहिद शुक्रराज तथा सरुवा रोग अस्पतालमा आइतबार पुग्यो । उनीहरु रेबिजको सुई लगाइदिनु पर्यो भन्दै अस्पताल पुगेका थिए ।

टोलमा भएको एउटा पुजामा पञ्चामृतमा रेबिज लागेको गाईको दुध मिसिएको भन्दै पञ्चामृत खाएका केहि व्यक्तिहरु आत्तिदै अस्पताल आई पुगेका अस्पतालका डा। शेर बहादुर पुनले बताए । जेठ २९ गते भएको पुजामा करिब दुई सय जनाको उपस्थिति रहेको अस्पताल आइपुगेको स्थानीय बासीहरुले बताएको पुनले बताए ।

करिब ६० जनाको हाराहारीमा उनीहरु अस्पताल आइपुगेको पुनले बताए । वैशाख ३२ गते गाई मरेको थियो । गाई रेबिजका कारण मरेको हो भन्नेर पशु चिकित्सकले भनेपछि स्थानियमा त्रास फैलिएको र अस्पताल आइपुगेको उनले बताए । त्यहि गाईको दुध पुजामा प्रयोग भएको हो रेबिज विरुद्धको सुई लगाउनु पर्छ भन्ने ठानेर स्थानियहरु आत्तिएर अस्पताल आइपुगेको डा. पुनले जानकारी दिए । गाईको दुध खाँदा रेबिज सर्दैन भन्ने कुरा आम नागरिकमा जानकारी नभएको पाइएको यस घटनाले देखाएको पनि पुनले बताए । रेबिजको बारेमा सहि सुचना प्रवाह नहुँदा उनीहरुमा त्रास पाइएको बताए ।

अस्पताल आएका सबैलाई सुई लगाउनु पर्दैन भनि सम्झाए पछि उनीहरु फर्केको उनले बताए । डा. पुनले भने ‘नेपाल सरकारले एउटा प्रोटोकल बनाएको छ । जसमा रेबिज लागेको जनावरको दुध खाएमा सुई लगाउन नपर्ने भन्ने स्पष्ट छ ।’

Last modified on 2019-06-17 13:42:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts