स्टार हस्पिटल र महिला सहकारी संस्थाबिच सम्झौता



Download our app to get more features

काठमाडौं, ३ असार । स्टार हस्पिटल र महिला सहकारी संस्थाबिच सम्झौता भएको छ ।

ललितपूरस्थित स्टार हस्पिटल र महिला सहकारी संस्था, ग्रामिण महिला लघु ऋण परियोजना, कुलेश्वर काठमाण्डौंबिच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्रो. डा. प्रकाश राज रेग्मी तथा महिला सहकारी संस्थाका तर्फबाट संस्थाका सि.ई.ओ अमृत प्रसाद कायास्थले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार स्टार हस्पिटलले महिला सहकारी संस्थाका कर्मचारी, शेयरधनी तथा सदस्यहरुलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्नेछ । 

छुट सुविधा प्राप्त गर्न सहकारी संस्थाका सदस्यहरुले संस्थाको परिचय पत्र देखाउनुपर्नेछ ।

साथै अस्पतालले आगामी दिनहरुमा पनि सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघ संस्था संग निरन्तर सहकार्य गर्दै जाने अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी ले बताए ।

Last modified on 2019-06-18 17:03:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts