भरतपुर अस्पताल कर्मचारी युनियनको ९ सदस्यीय कार्यसमिति गठन



Download our app to get more features

चितवन, ४ असार । चितवन र भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा ई. चन्द्रमणि बस्याल विजयी भएका छन् । आइतबार भएको ७ औं अधिवेशनले बस्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

युनियनको उपाध्यक्षमा कृष्ण प्रसाद शर्मा, सचिवमा शिव प्रसाद बसेल, कोषाध्यक्षमा विद्या शर्मा र सहसचिवमा प्रज्वल श्रेष्ठ विजयी भएका छन् । यसैगरी, सदस्यहरुमा अस्मिता ज्ञवाली, सर्मिला ढकाल, बुद्धलाल गुरूङ र राजनबाबु तिवारी विजयी भएका छन् ।

भरतपुर अस्पताल बिकास समिति कर्मचारी युनियन, अस्पतालमा कार्यरत कर्मचारीहरूको हकहितको लागि कामगर्दै आएको साझा संस्था हो ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts