वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रवेश परीक्षा स्थगित



Download our app to get more features

सुनसरी, ४ असार । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रवेश परीक्षा स्थगित भएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा उपकुलपति राजकुमार रौनियारले एमडी, एमएस, एमडीएचएच, एमडीएस, एमएससी र एमएचएचमा प्रवेश परीक्षाको मिति पछि सारिएको जानकारी गराएका थिए । प्लस टुको रिजल्ट नआउँदासम्म प्रवेश परिक्षा नलिन शिक्षा मन्त्रालयले आग्रह गरेपछि परीक्षा स्थगित गरिएको उनले बताए । प्रतिष्ठानले गत वैशाख २४ गते प्रवेश परीक्षाको सूचना निकालेको थियो । त्यो सूचना चिकित्सा शिक्षा ऐनविपरित भन्दै मंगलवारको बैठकमा सांसदहरुले प्रतिष्ठानले निकालेको प्रवेश परीक्षाको सूचना रद्द गर्न माग गरेका थिए ।

यसैबीच, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनियारले विद्यार्थीहरुको सिट संख्या बढाइदिन माग गरेका छन् । चिकित्सा शिक्षा ऐन आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस पढ्ने विद्यार्थीहरुको कोटा एक सय ५० बाट एक सयमा झारिएको थियो । आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा उपकुलपति रौनियारले २५० सिट र्पुयाउन माग गरेका हुन् ।

Last modified on 2019-06-20 08:44:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts